बुटवल । प्रधानमन्त्री वालेन साहको यही मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमणमा जाने नेपाली व्यावसायिक प्रतिनिधिमण्डलमा नेपाल उद्योग व्यापार महासंघलाई पनि निजी क्षेत्रको प्रतिनिधिको रूपमा मनोनयन गरिएको छ । जस अनुसार महासंघका वर्तमान अध्यक्ष खिमनारायण पराजुलीले संस्थाको प्रतिनिधित्व गर्दै भारत जाने भएका छन् ।
नेपाल उद्योग व्यापार महासंघ निजी क्षेत्रको कान्छो संस्था भएपनि यसले स्थापनाको छोटो समयमै निजी क्षेत्रका पुराना व्यवसायिक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघकै हैसियतमा सम्बन्धित सरकारी निकायमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी ढंगले स्थापित गर्न सफल भएको छ ।
महासंघले स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण तथा ब्यापार विविधिकरण, राष्ट्रिय पुंजी र स्वदेशी लगानीको संरक्षणलाई प्राथमिकता दिंदै साना, मझौला र ठूला सबै खाले उद्योगी व्यवसायीको साझा संस्थाको पहिचान स्थापित गर्दै सरकारी निकायमा समस्या पहिचान गरी समाधानका लागि जोडदार रुपमा पैरवी गर्दै आएको महासंघका अध्यक्ष खिामनारायण पराजुलीले बताए ।



