२०८३, मंसिर ५ गते

Nov 20 2026

images
images

गुल्मीको कफी :वार्षिक दुई करोड बढीको कारोबार

गुल्मीको कफी :वार्षिक दुई करोड बढीको कारोबार

गुल्मीको कफी :वार्षिक दुई करोड बढीको कारोबार

गुल्मीको कफी :वार्षिक दुई करोड बढीको कारोबार

गुल्मीको कफी :वार्षिक दुई करोड बढीको कारोबार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • गुल्मी
    नेपालमै कफी खेतीको सुरुआत भएको जिल्लाका रूपमा परिचित गुल्मीको कफीले उत्पादन र अन्तर्राष्ट्रिय बजार विस्तार दुवै क्षेत्रमा फड्को मार्न थालेको छ । जिल्लामा कफी खेतीको क्षेत्रफल र उत्पादन बढ्दै गएको छ भने नेपाली अर्गानिक कफीको माग कोरिया, अस्ट्रेलिया र जापान हुँदै बेलायत तथा हङकङसम्म विस्तार भएको छ ।

    वि.सं. १९९५ सालमा बर्माबाट कफीका बेर्ना ल्याएर गुल्मीको आपचौरका हिरा गिरीले सुरु गरेको कफी खेतीले आठ दशकभन्दा लामो इतिहास पार गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाउन थालेको हो । 


    वि.सं. २०५३ सालदेखि व्यावसायिक उत्पादन सुरु भएको गुल्मीको कफीले दक्षिण कोरियाबाट पहिलो अन्तर्राष्ट्रिय बजार पाएको थियो । त्यसपछि अस्ट्रेलिया र जापानमा समेत निर्यात हुँदै आएकोमा अहिले बेलायत र हङकङमा पनि माग बढेको जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।


    नेपालमै कफी खेतीको ऐतिहासिक पहिचान बनाएको गुल्मीमा पछिल्लो समय उत्पादन विस्तारसँगै अन्तर्राष्ट्रिय बजारसमेत फराकिलो बन्दै जानुले जिल्लाको कृषि अर्थतन्त्रका लागि नयाँ सम्भावना देखाएको छ । तर उत्पादन वृद्धिसँगै गुणस्तर कायम राख्ने, किसानलाई उचित मूल्य दिलाउने, प्रशोधन क्षमता बढाउने र निर्यातको बजारलाई दिगो बनाउने चुनौती पनि उत्तिकै महत्त्वपूर्ण छन् ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij