२०८३, मंसिर ५ गते

Nov 20 2026

images
images

बैंकको कर्जा लगानी सुस्त

बैंकको कर्जा लगानी सुस्त

बैंकको ब्याजदर घट्दा समेत कर्जा बढ्न सकेको छैन । व्यवसायिक वातावरणको अभावमा कर्जा लगानी सुस्त भएको छ ।

बैंकको कर्जा लगानी सुस्त

बैंकको कर्जा लगानी सुस्त

बैंकको ब्याजदर घट्दा समेत कर्जा बढ्न सकेको छैन । व्यवसायिक वातावरणको अभावमा कर्जा लगानी सुस्त भएको छ ।

बैंकको कर्जा लगानी सुस्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
केसी दैनिक लुम्बिनी पत्रिकाका सम्पादक हुन्।
बिहिवार, मंसिर ४ २०८३
बिहिवार, मंसिर ४ २०८३
  •  बुटवल
    उद्योगीहरूले औद्योगिक वातावरण बनाउन बैंकको कर्जाको ब्याजदर एकल अंकमा झार्नुपर्ने भन्दै लामो समय लविइङ गरे । निरन्तर आवाज उठाउँदा समेत नीतिगत सुधार हुन नसक्दा निराश उद्योगी व्यवसायी अहिले एकल अंकमा कर्जाको ब्याजदर कायम हुँदा समेत उत्साहित हुन सकेका छैनन् ।


    बैंकहरुले कर्जाको ब्याज घटाउँदा उत्साहित हुनुपर्ने व्यवसायी किन निराश छन् ? नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष  एजाज आलम बैंकबाट कर्जा लिएर लगानी सुरक्षित हुन्छ भन्ने विश्वास नहुँदा व्यवसायी कर्जा लिन हच्किएको बताउँछन् ।

    आलमले भनेझैं हामीले कुराकानी गरेका आधा दर्जन यहाँका व्यवसायीले लगानीको सुरक्षामा राज्य गम्भीर नभएको गुनासो गरे । २०८१ चैत १६ गते भएको राजावादी आन्दोलनको निशानामा व्यवसायिक प्रतिष्ठान परे । गत वर्षको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा व्यवसायिक प्रतिष्ठान नै तारो बने । त्यो बेला आगजनी र तोडफोडबाट औद्योगिक र व्यवासायिक क्षेत्रमा ८५ अर्ब ४५ करोड रुपैयाँ क्षति भएको विभिन्न प्रतिवेदनमा उल्लेख छ । अपराधिक ढंगले आगजनी गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन बेवास्ता गर्दा व्यवसायिक वातावरण बिथोलिएको व्यवसायीहरु बताउँछन् ।


     अहिले आर्थिक अपचलनसम्बन्धी विभिन्न आरोपमा आधा दर्जन उद्योगी व्यवसायी अनुसन्धानको क्रममा पक्राउ परेका छन् । यसले दुई तिहाई नजिकको बलियो सरकार बन्दा मुलुकमा स्थिरता हुन्छ भन्ने विश्वासमा घात भएको व्यवसायीले अनुभव गरेका छन् । ‘सरकारले विश्वासको वातावरण बनाउनै सकेन्, बलियो सरकारले व्यवसायीकोे मन जित्न सकेन् ।’–नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हरि अर्यालले भने ।


    अहिले कर्जाको व्याजदर औषत ६ दशमलव ३८ प्रतिशतमा झरेको छ । बचतको ब्याजदर ३ दशमलव १ प्रतिशत कायम भएको छ । पहिले एकल विन्दु ब्याजदर कायम गर्न माग गरेका व्यवसायी न्यून ब्याजदर कायम हुँदा आकर्षित नहुुनु राम्रो संकेत नभएको बताउँछन् । आलमले लगानीको वातावरण बिथोलिएकोले ब्याजदर न्यून भएर पनि व्यवसायी लगानी गर्न हच्किएको बताउँछन् । आलमको यो भनाईसँग व्यवसायी मित्रबन्धु भण्डारी पनि सहमत छन् । ‘लगानी गरेपछि प्रतिफल पाइन्छ भन्ने विश्वास हराएको छ ।’–उनले भने ।


    निक्षेप बढ्दा लगानी सुस्त
    लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य बढ्दा कर्जा प्रवाह भने सुस्त छ । यो अवस्था समग्र नेपालको उस्तै हो ।
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।०८३ को  लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार, प्रदेशका बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप १९ दशमलव ९७ प्रतिशतले बढ्दा कर्जा प्रवाह ३ दशमलव ५९ प्रतिशतले मात्रै वृद्धि भएको छ ।


    लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाले २०८३ असार मशान्तसम्म ७ खर्ब ९१ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो वर्षको तुलनामा निक्षेपमा भएको वृद्धि उच्च रहे पनि सोही अवधिमा कर्जा प्रवाह भने ५ खर्ब ९७ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ । निक्षेप र कर्जा वृद्धिदरबिचको अन्तरले प्रदेशमा कर्जा विस्तार सुस्त  देखाउँछ । प्रतिवेदनअनुसार प्रदेशमा संकलित कुल निक्षेप र प्रवाहित कुल कर्जाबीच करिब १ खर्ब ९३ अर्ब ९५ करोड रुपैयाँको अन्तर छ । 


    जिल्लागत रूपमा हेर्दा रुपन्देही बैंकिङ कारोबारको प्रमुख केन्द्रका रूपमा देखिएको छ । २०८३ असार मसान्तसम्म रुपन्देहीका बैंक तथा वित्तीय संस्थाले ३ खर्ब २१ अर्ब ८२ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो प्रदेशभर संकलित कुल निक्षेपको करिब ४० दशमलव ६ प्रतिशत हो । प्रतिवेदनअनुसार रुपन्देहीका बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म ३ खर्ब २७ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै, रुकुमपूर्वमा सबैभन्दा कम ३ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । रुकुम पूर्वमा सबैभन्दा कम १ अर्ब ५५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । रेमिट्यान्सको वृद्धिले निक्षेप बढ्दा अहिले बैंकमा पैसा थुप्रिएको छ ।


    शिथिल पर्यटन उद्योग 
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्दा यो क्षेत्रको अर्थतन्त्र चलायमान हुने भन्दै होटल व्यवसायमा लगानी गरेका पर्यटन व्यवसायी अहिले निराश छन् । गौतमबुद्ध विमानस्थल निर्माण भएको चार वर्ष पुग्दा समेत राम्ररी चल्न सकेको छैन । महत्वकांक्षी यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकतामा राख्दै निर्माण गरेको थियो । यो विमानस्थल निर्माणमा ३६ अर्ब रुपैयाँ खर्च भएको छ । भारतले हवाई रूट नदिँदा विमानस्थल चल्न नसकेको भनिए पनि विमानस्थल चलाउने गरी राज्यले योजना निर्माण र कार्यान्वयन गर्न नसकेको व्यवसायी बताउँछन् । विमानस्थल चल्ने आशाले लगानी गरेका व्यवसायीको लगानी जोखिममा परेको पर्यटन व्यवसायी राजेश महतराले बताए । 


    यो विमानस्थल चलाउन बौद्धमार्गीको उल्लेख्य संख्या भएका पूर्वी एशियाली मुलुकसँग हवाई उडान सम्झौता र पर्यटक ल्याउने आकर्षक प्याकेज तयार पानुपर्ने देखिन्छ । बौद्धमार्गीको आगमन बढ्दा नै विमानस्थल चल्ने हो ।
    अर्थशास्त्री डा. प्रकाशकुमार श्रेष्ठको भनाइमा ब्याजदर सस्तो हुँदा समेत समग्र बजारको माग सुस्त भएकाले कर्जाको माग न्यून भएको छ ।


    नेपाल राष्ट्र बैंकले  प्रतिवेदनका लागि नमूना छनोट गरिएका १२ होटलमा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशतले घटेको छ । होटलको औसत अकुपेन्सी दर २९ दशमलव ६६ प्रतिशतमा सीमित भएको छ ।
    नमूना होटलमा शैया संख्या ८ सय ६८ बाट बढेर ९ सय १८ पुगे पनि शैया बिक्री संख्या ३ दशमलव १९ प्रतिशतले घटेर ९९ हजार ३८९ मा झरेको छ । होटलमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या पनि ५ दशमलव ८४ प्रतिशतले घटेर ७४२ पुगेको छ । होटलमा आउने पाहुना घट्दा पर्यटन व्यवसाय शिथिल भएको महतराले बताए ।


    समीक्षा अवधिमा नमूना होटलमा भारत, चीन तथा अन्य मुलुकबाट आएका पर्यटकको संख्या ५४ हजार ६७७ रहेको छ । भारतबाट आउने पर्यटकको संख्या १६ दशमलव १३ प्रतिशतले बढेको छ । तर चीनबाट आउने पर्यटक २० दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट आउने पर्यटक ७२ दशमलव २२ प्रतिशतले घटेका छन् ।

    राष्ट्र बैंकको प्रतिवेदनले पर्यटक आगमन, होटलको शैया बिक्री र अकुपेन्सी दरमा आएको गिरावटसँग जेनजी आन्दोलन र मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वलाई जोडेको छ ।घरजग्गा कारोबार शिथिल बन्दा धेरै व्यक्तिको लगानी घरजग्गामा फस्दा अर्थतन्त्रमा असर परेको छ । अनुत्पादक लगानी जग्गामा फस्दा अर्थतन्त्र चmलायमान बन्न सकेन् ।  समीक्षा अवधिमा प्रदेशमा घरजग्गा रजिस्ट्रेसन संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ९९ प्रतिशतले बढेको देखिएपनि यो सामान्य वृद्धिले ठूलो लगानी भएको घर जग्गा व्यवसाय चलायमान बन्न सकेको छैन ।

     घर जग्गा कारोबार सामान्य बढेको देखिए पनि  भवनको स्थायी नक्सा पास संख्या ९ दशमवलव ५९ प्रतिशतले घटेर ५ हजार १३० मा झरेको छ । यसले घरजग्गा रजिस्ट्रेसनमा वृद्धि भए पनि नयाँ भवन निर्माणसम्बन्धी गतिविधिमा संकुचन देखिएको छ ।
    त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको प्रतिवेदनले देखाएको छ । २०८३ असार मसान्तमा प्रदेशका बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ७ दशमलव २४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ५ दशमलव ९८ प्रतिशत थियो । यसअनुसार एक वर्षमा निष्क्रिय कर्जाको अनुपात १ दशमवल २६ थियो ।

     

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij