२०८३, मंसिर ४ गते

Nov 19 2026

images
images

दानबहादुर कार्कीको रिटमा बहस सुरु

दानबहादुर कार्कीको रिटमा बहस सुरु

दानबहादुर कार्कीको रिटमा बहस सुरु

दानबहादुर कार्कीको रिटमा बहस सुरु

दानबहादुर कार्कीको रिटमा बहस सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । 

    सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले गत कात्तिक २० गते रिट दिएका थिए । अहिले सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भइरहेको छ । कार्कीका कानुन व्यवसायीले बहस सुरु गरेका हुन् । 

    कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी रिटमा गरेका छन् । मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । 

    सरकारले एआईजी रहेका डा.मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ । सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग छ । रिट निवेदकको बहस सकिएपछि सरकारी वकिलले मन्त्रिपरिषद्को निर्णयको प्रतिरक्षामा बहस गर्नेछन् । 

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij