२०८३, मंसिर १ गते

Nov 16 2026

images
images

कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक हुन बाँकी, निर्वाचनको गृहकार्यमा आयोग

कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक हुन बाँकी, निर्वाचनको गृहकार्यमा आयोग

कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक हुन बाँकी, निर्वाचनको गृहकार्यमा आयोग

कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक हुन बाँकी, निर्वाचनको गृहकार्यमा आयोग

कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक हुन बाँकी, निर्वाचनको गृहकार्यमा आयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८३
सोमवार, मंसिर १ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अझै अध्यावधिक भएको छैन । पार्टीले नयाँ कार्यसमितिको विवरण अद्यावधिकका निम्ति आयोगमा निवेदन दिएको १५ दिन बितिसक्दा पनि निर्णय गरिएको छैन ।

    कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरणसहित आयोगमा निवेदन दिएको थियो । तर, आयोगले उक्त विवरणमाथि अध्ययन भइरहेको र अध्यावधिकको निर्णय गर्न बाँकी रहेको जनाएको छ ।

    निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिक गर्ने काम बाँकी रहेको बताए । दसैँ, तिहार र छठ पर्वका बिदाका कारण आयोगको बैठक नियमित हुन नसक्दा निर्णयमा ढिलाइ भएको उनको भनाइ छ ।

    शुक्रबार (कात्तिक २७) आयोगको बैठक बसे पनि यसबारे निर्णय गरिएन । बैठकमा सामान्य छलफल भने भएको र सम्बन्धित शाखाबाट फाइल आएपछि पुनः बैठक बसेर निर्णय गरिने घिमिरेले बताए ।

    “निर्णय हुन बाँकी छ । बिदैबिदा भयो, आयोगले निर्णय गरेको छैन । बैठक एक दिन भएको छ, शुक्रबार । शाखाबाट फाइलहरू आउन बाँकी छ,” उनले बाह्रखरीसित भने, “फेरि बैठक हुन्छ । शाखाबाट आएको प्रस्तावमा आयोगले निर्णय गर्ने हो । कार्यालय सञ्चालन भएपछि बैठक बस्छ । बैठकले निर्णय गर्छ ।”

    आयोगका अनुसार, १५औँ महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अध्यावधिक नगर्नुपर्ने कुनै कारण देखिएको छैन । बिदाका कारण बैठक नियमित हुन नसक्दा निर्णयमा ढिलाइ भएको आयोगको भनाइ छ ।

    यही कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेस टोलीले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दर्ता गराएको थियो । तर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आयोग जुटिसक्दासम्म कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अध्यावधिक हुन सकेको छैन ।

    स्थानीय तह निर्वाचनको मिति घोषणाका विषयमा छलफल गर्न आयोगले आउँदो मंसिर ४ गते सर्वदलीय बैठक बोलाएको छ । यही वर्ष फागुन–चैतमा स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाउन खोजेको छ । तर, त्यसनिम्ति आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्नुपर्ने हुन्छ । सर्वदलीय बैठकमा दलहरूसँग छलफल गरेपछि गृहकार्यमा जुट्ने आयोगको तयारी छ ।

    स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आउँदो वर्ष वैशाख मसान्तमा पूरा हुँदै छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअगावै चुनाव गर्नुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा २२५ मा भने कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

    नयाँ कार्यसमिति अध्यावधिक भएपछि कांग्रेस स्थानीय तह निर्वाचनकेन्द्रित कार्यक्रममा सक्रिय हुने योजनामा छ । नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको विवरण आयोगमा अद्यावधिक गराउनु नियमित प्रक्रिया हो । पार्टी केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।

    कांग्रेसको १५औँ महाधिवेशन यस वर्ष असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको थियो । महाधिवेशनबाट सभापति गगनकुमार थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

    महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्ण दुलाललाई दिइएको थियो ।

    तर, प्रहरी अनुसन्धानको दायरामा रहेका चारसहित १३ जनाको शपथग्रहण हुन बाँकी छ । सभापति थापाले असोज ३१ गते शपथ लिएका थिए । कात्तिक १२ गते वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएपछि उनीहरूको विवरण आयोगमा पठाइएको थियो ।

    विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवका हकमा भने प्रहरी अनुसन्धानको टुंगो नलागेसम्म शपथग्रहण प्रक्रिया रोकिएको छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij