२०८३, कार्तिक २१ गते

Nov 06 2026

images
images

बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २० २०८३
बिहिवार, कार्तिक २० २०८३
  •  

    रुपन्देही ।   नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति, बुटवलको आयोजनामा रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ स्थित बनगाई माध्यमिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका करिब ८० जना विद्यार्थीलाई प्रतिविद्यार्थी १०० रुपैयाँ मूल्य पर्ने ७ थानका दरले कापी वितरण गरिएको थियो।

    साथै विद्यार्थीहरूलाई पेन र पेन्सिलसमेत प्रदान गरिएको थियो। यस सहयोगले विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा टेवा पुग्नुका साथै अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। कार्यक्रम नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति, बुटवलका अध्यक्ष विष्णु वाग्लेको अध्यक्षता तथा संघका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष  मेखबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा संघका केन्द्रीय सदस्य  कमल नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी संघका सल्लाहकार  श्रवणकुमार जैसवाल, लुम्बिनी प्रदेश शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष एवं कार्यक्रम संयोजक  रूपक अर्याल तथा सदस्यहरू  मोहन भण्डारी,  नारायण मरासिनी र  रामप्रसाद पाण्डेको उपस्थिति रहेको थियो। विद्यालयको तर्फबाट प्रधानाध्यापक नगेन्द्र ददुवा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष  राकेश चौधरी, सहायक प्रधानाध्यापक गोविन्द श्रेष्ठ तथा पूर्व प्रधानाध्यापक  गोकुलराज घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयकी शिक्षिका  मीरा ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो।

    संघको तर्फबाट विशेष अतिथि कमल नेपाल र प्रमुख अतिथि  मेखबहादुर अधिकारीले मन्तव्य राख्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नु सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँहरूले यस्ता कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्नुका साथै शिक्षाप्रति सकारात्मक ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक नगेन्द्र ददुवाले विद्यालयको तर्फबाट सहयोगी संस्था तथा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक  सन्तोष पोखरेलले गर्नुभएको थियो। विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यालय र सहयोगी संस्थाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व, सहयोग र सहकार्यको सकारात्मक सन्देश प्रवाह गरेको छ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij