तिलोत्तमा । नेपाली कांग्रेसको देउवा पक्षले रुपन्देहीको तिलोत्तमा नगर सभापतिमा महेन्द्र बस्नेतलाई चयन गरेको छ।
नवनिर्वाचित नगर सभापति बस्नेतले यसअघि पनि नेपाली कांग्रेसको वडा नं २ को सचिव रहेर दुई कार्यकाल काम गरिसकेका नेता हुन् । लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएको अनुभवका आधारमा आफूले नगर सभापतिको जिम्मेवारी पाएको उहाँले बताउनुभयो।
बस्नेतले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरभित्र पार्टी संगठनलाई व्यवस्थित, गतिशील र बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो।
विगतमा वडा तहमा रहेर संगठन निर्माण र पार्टीका गतिविधिमा काम गरेको अनुभवलाई अब नगरस्तरमा उपयोग गर्ने उहाँको भनाइ छ। पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच आपसी एकता, सहकार्य र समन्वय कायम गर्दै संगठन विस्तारमा जोड दिने उहाँले बताउनुभयो।
बस्नेत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको कार्यालय प्रमुखका रुपमा पनि क्रियाशील हुनुहुन्छ ।



