परासी । पश्चिम नवलपरासीमा सुधारिएको चुलाे वितरण गरिएकाे छ ।रामग्राम नगरपालिकाले सुधारिएको फलामे चुलाे वितरण गरेकाे हाे ।रामग्राम नगरपालिका वडान ९ का वडाबासीलाई सुधारिएको फलामे चुलाे वितरण नगरपालिका नगरप्रमुख यादवले जानकारी दिए ।चुलाे वितरण गदै यादवले स्वास्थ्यमा सुधारसँगै धुवाँरहित, दाउरा कम खपत गराउने उद्देश्यले गरिएकाे बताए ।
चुलोकाे प्रयोगमार्फत नागरिकको स्वास्थ्य तथा जीवनस्तरमा सुधार आउने विश्वास लिएको यादवले बताए ।उनले भने कार्वन विसर्जन कम गर्ने हुँदा स्वास्थ्यमा सुधार आउनुका साथै थोरै दाउराबाट पनि खाना पाक्ने भएकाले दाउराको पनि खपत हुन्छ ।’ तीनदेखि सातजना सदस्य रहेको, वार्षिक आम्दानी न्यून भएको, परम्परागत चुलो प्रयोग गर्दै आइरहेकोलगायतका सीमा निर्धारण गरिएको उनको भनाइ छ । ।
चुलोको प्रयोगले धेरै फाइदा पुग्ने भएकाले सही सदुपयोग गर्न नगरपालिकाकी विपत व्यवस्थापन समितिकि संयाेजक सुमित्रा चाैधरीले बताइन् । उनकाे अनुसार ८६ जनालाई सुधारिएको फलामे चुलाे वितरण गरिएकाे जानकारी दिईन ।



