२०८३, कार्तिक २८ गते

Nov 13 2026

images
images

सर्वोच्च अदालतले पायो ४ नयाँ न्यायाधीश

सर्वोच्च अदालतले पायो ४ नयाँ न्यायाधीश

सर्वोच्च अदालतले पायो ४ नयाँ न्यायाधीश

सर्वोच्च अदालतले पायो ४ नयाँ न्यायाधीश

सर्वोच्च अदालतले पायो ४ नयाँ न्यायाधीश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २८ २०८३
शुक्रवार, कार्तिक २८ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

    शीतल निवासका अनुसार नियुक्त हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी छन् ।

    यसअघि असोज २० गते बसेको न्याय परिषद्को बैठकले चारैजनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते चारैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij