२०८३, मंसिर १ गते

Nov 16 2026

images
images

बाढी प्रभावित त्रिशूली बजारमा मानव धर्म सेवा समितिको सरसफाइ अभियान

बाढी प्रभावित त्रिशूली बजारमा मानव धर्म सेवा समितिको सरसफाइ अभियान

बाढी प्रभावित त्रिशूली बजारमा मानव धर्म सेवा समितिको सरसफाइ अभियान

बाढी प्रभावित त्रिशूली बजारमा मानव धर्म सेवा समितिको सरसफाइ अभियान

बाढी प्रभावित त्रिशूली बजारमा मानव धर्म सेवा समितिको सरसफाइ अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८३
सोमवार, मंसिर १ २०८३
  •  

    नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारमा नेपाल मानव धर्म सेवा समितिले बृहत् सरसफाइ तथा श्रम सेवा अभियान सञ्चालन गरेको छ।

    परमपूज्य श्री विभुजी महाराजको विशेष नेतृत्वमा आयोजित अभियानमा समितिका १५० जना सदस्य तथा स्वयंसेवक सहभागी भएका छन्। उनीहरूले बाढीका कारण प्रभावित त्रिशूली नदी तटीय क्षेत्रका घर, सडक तथा आसपासका स्थानमा सरसफाइ गरेका हुन्।

    अभियानमा समितिको बुटवल स्वयंसेवक दल तथा युवा संगठनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो। युवा सदस्य दीपक पंगेनीका अनुसार बाढीले प्रभावित क्षेत्रलाई पुनः सफा र व्यवस्थित बनाउने उद्देश्यले स्वयंसेवकहरू परिचालन गरिएको हो।

    सरसफाइ कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख, वडा नं. १ का अध्यक्ष लेलिन रञ्जित तथा वडा नं. ४ र ५ का वडाध्यक्षलगायत जनप्रतिनिधिहरू सहभागी भएका थिए। स्थानीय बासिन्दा, जनप्रतिनिधि र स्वयंसेवकहरूको सहभागितामा अभियान सञ्चालन गरिएको हो। यसैबीच, विपद् प्रभावित तथा सरसफाइमा खटिएका स्वयंसेवकका लागि स्थानीय तह र समुदायले सामुदायिक भान्सासमेत सञ्चालन गरेका छन्।

    कार्यक्रममा महात्मा लता बाईजीले धार्मिक गतिविधिसँगै मानव धर्म सेवा समितिले मानवीय तथा सामाजिक सेवाका कामलाई पनि निरन्तरता दिँदै आएको बताइन्। बाढीका कारण अस्तव्यस्त बनेको त्रिशूली बजारको जनजीवन र व्यापार व्यवसायलाई सामान्य अवस्थामा फर्काउन सरसफाइ अभियानले सहयोग पुग्ने उनको विश्वास छ।

    समितिका केन्द्रीय सचिव नवीन कोइरालाका अनुसार विपद् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको सरसफाइ तथा श्रम सेवा अभियान दुई दिनसम्म जारी रहनेछ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij