२०८३, कार्तिक ३० गते

Nov 15 2026

images
images

छठ पर्व : आज अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्व : आज अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्व : आज अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्व : आज अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

छठ पर्व : आज अस्ताउदो सूर्यलाई अर्घ दिइँदै
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक ३० २०८३
आइतवार, कार्तिक ३० २०८३
  • भैरहवा । हिन्दुहरूको दोस्रो महान् पर्व तिहार भाइटीकासँगै सकिएलगत्तै तराई–मधेस तथा मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने आस्था, निष्ठा र भक्तिको महापर्व छठको रौनक छाएको छ । दीपावली सकिएसँगै सर्वसाधारणहरू छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् भने प्रमुख बजारहरूमा चहलपहल ह्वात्तै बढेको छ ।

    पर्वको तयारीस्वरूप घरघरमा सूर्यदेव र षष्ठीदेवी छठी माताको महिमा गाइने भक्तिगीतहरू गुञ्जिन थालेकाले गाउँबस्तीको वातावरण नै छठमय बनेको छ । यसैक्रममा भैरहवा र आसपासका छठ घाटहरूलाई दुलही जस्तै सिँगारिएको छ । भैरहवा क्षेत्रका करिब एक दर्जन छठ घाटमा सामूहिक अघ्र्य दिने तयारी तीव्र पारिएको छ । स्थानीय बासिन्दा र विशेषगरी युवाहरू नदी किनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयको डिल सरसफाइ, सजावट, व्यवस्थापन र झिलिमिली बत्ती जडानमा सक्रिय देखिएका छन् ।

    लाखौँ रुपैयाँ खर्चेर भैरहवाको श्रीराम जानकी हनुमान मन्दिर, विगत पाँच दशकदेखि सामूहिक पूजा हुँदै आएको नेपाली सेनाको काली भक्ति गण (आर्मी क्याम्प) स्थित छठमाई पोखरी लगायत गोनहिया, नौडिहवा, बसन्तपुर र बेथरीमा भव्य सजावट र सरसफाइ भइरहेको छ ।  

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij