२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

सरकारको कार्यशैलीले देश अधिनायकवाद र फासीवादतर्फ धकेलियो : पोखरेल

सरकारको कार्यशैलीले देश अधिनायकवाद र फासीवादतर्फ धकेलियो : पोखरेल

सरकारको कार्यशैलीले देश अधिनायकवाद र फासीवादतर्फ धकेलियो : पोखरेल

सरकारको कार्यशैलीले देश अधिनायकवाद र फासीवादतर्फ धकेलियो : पोखरेल

सरकारको कार्यशैलीले देश अधिनायकवाद र फासीवादतर्फ धकेलियो : पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीले देशलाई अधिनायकवाद र फासीवादतर्फ धकेलिरहेको आरोप लगाएका छन् । सरकारले नागरिकका लोकतान्त्रिक अधिकारमाथि नियन्त्रण गर्न खोजेको, सञ्चारमाध्यममाथि हस्तक्षेप गरेको र राज्यका संवैधानिक निकायलाई दबाबमा राखेको उनको दाबी छ ।

    सोमबार प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सरकार, संसद् र संवैधानिक निकायहरू अस्तित्वमा रहे पनि मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताए । वर्तमान सरकारको कार्यशैलीले देशलाई संकटतर्फ धकेलिरहेको उनको भनाइ थियो ।

    “देशलाई अधिनायकवाद र फासीवादतर्फ जानबाट रोक्न लोकतान्त्रिक अधिकार र संस्थाहरूको संरक्षण आवश्यक छ,” उनले भने ।

    पोखरेलले सरकार बाह्य शक्तिको प्रभावमा परेको आशंका व्यक्त गर्दै सरकारको नेतृत्व र कार्यशैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको टिप्पणी गरे । 

    उनले विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी संगठनका गतिविधि नियन्त्रण गर्न खोजिएको र गृह मन्त्रालयमार्फत पेसागत संगठनहरूलाई समेत गतिविधि नगर्न पत्राचार गरिएको भन्दै आपत्ति जनाए । पत्रकारलाई सञ्चारगृहबाटै पक्राउ गर्ने तथा जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट पत्रकारलाई धम्की दिने काम भएको आरोप पनि उनले लगाए ।

    उनले राज्य सञ्चालनमा देखिएको कार्यशैलीको आलोचना गरे । कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधि र अभिव्यक्तिले शासन व्यवस्था अपरिपक्व ढंगले सञ्चालन भइरहेको देखाएको टिप्पणी गरे ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij