बुटवल । नेपाल बिलियार्डस् स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लब बुटवलको आयोजनामा आगामी पुस पहिलो हप्तादेखि बुटवलमा दशौँ जिल्ला स्तरिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल बिलियार्डस् स्नुकर तथा पुल संघ रुपन्देहीको सल्लाहकारसहितको कार्यसमितिको आइतबार सम्पन्न बैठकले आउंदो पुस ५ गतेदेखि सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष सुजन पुनका अनुसार प्रतियागिताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय एघार रुपैयां , दोस्रो हुनेलाई ५१ हजार पांच सय पचपन्न रुपैयां, हाइयस्ट स्कोररलाई २१ हजार एक सय एघार रुपैयां तथा उदियमान खेलाडी, अनुशासित खेलाडी, उत्कृष्ट रेफ्री तथा एकजना पत्रकारलाई पनि पुरस्कृत गर्ने निर्णय भएको छ ।
वैठकले प्रतियोगिता संयोजकमा विजय गुरुङ, प्रचार प्रसार संयोजकमा प्रकाश क्षेत्री, आर्थिक संयोजकमा प्रदीप विक,प्राविधिक संयोजकमा रमेश मल्ललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै वैठकले संघको सल्लाहकारमा गणेश घिमिरे, सुदिप घिमिरे र रमेश मल्ल तथा कार्यसमिति सदस्यमा भैरहवाका रमेश रानालाई मनोनित गर्ने निर्णय गरेको छ ।
वैठकमा संघका प्रदेश अध्यक्ष सन्जयरत्न बज्राचार्य, सल्लाहकार गणेश घिमिरे, संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,प्रेस सल्लाहकार टिआर शर्मा, लगायतले दशौं संस्करणको प्रतियोगितालाई विगतका भन्दा भव्य र व्यवस्थित बनाउन विभिन्न सुझाव दिएका थिए ।



