२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

रामग्राम–१६ हकुईमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

रामग्राम–१६ हकुईमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

रामग्राम–१६ हकुईमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

रामग्राम–१६ हकुईमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

रामग्राम–१६ हकुईमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • परासी  । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा नवनिर्मित वडा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो। रामग्राम नगर पालिकाको नगरप्रमुख धनपत यादवले एक कार्यक्रम को विचमा नवनिर्मित भवन उद्घाटन गरेका हुन ।उद्घाटन गदै  यादवले आवश्यक कुन कुन क्षेत्रमा आवश्यक पर्ने विषयमा बजेट विनियोजन गरि काम गरिएको बताए ।उनले रामग्राम स्तूप पण्डितपुर पर्यटन क्षेत्रमा बिकास गर्ने अगाडि बढेको  बताए ।रामग्राम स्तुपा पर्यटनलाई लक्षित गरि ध्यान केन्द्र बनाउने कार्य सुरूवात गरिएको बताए । नगरपालिकाले होमस्टेट दुई करोड लागानी निर्माण कार्य भैरहेको बताए ।

    रामग्राम नगरपालिकाको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको रामग्राम स्तूप र ऐतिहासिक पण्डितपुर क्षेत्रको विकासमा समेत विशेष ध्यान दिएको यादवको भनाई थियोे । आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि स्थानीयवासीले सहज, सरल र व्यवस्थित रूपमा वडा तहबाटै सेवा प्राप्त गर्ने अपेक्षा गरिएको वडान १६ का वडाअध्यक्ष विजय कुमार यादवले बताए । भवन निर्माणको ठेक्का सम्झौता २०८२ साल जेठ २१ गते भएको थियो।

    योजनाका लागि विनियोजित रकम १९ लाख ९९ हजार २२५ रुपैयाँ १७ पैसा रहेको छ भने निर्माण कार्यको कबोल रकम १४ लाख ३२ हजार १२८ रुपैयाँ ७५ पैसा ९भ्याटसहित० निर्माण सम्पन्न भएको वडा न १६ का वडासचिव कमलराज शर्माले जानकारी दिए ।

    एस।एस। कन्स्ट्रक्सन, रामग्राम–२ नवलपरासीले निर्माणको जिम्मेवारी पाएको थियो । एस.एस. कन्स्ट्रक्सन,समय अवधि आगडि निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ ।

    नवनिर्मित भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सामान्य सिफारिस, दर्ता तथा अन्य प्रशासनिक कामका लागि सहज हुने अपेक्षा गरिएको छ।कार्यक्रम सामाजेसेवि बलिराम यादव ,वडान ४का वडाअध्यक्ष मदन यादव तथा स्वास्थ्यसेविका जेष्ठ नागरिक लाई सम्मान गरिएको थियो ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij