२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

मर्निङ वाकमा निस्केकी गुल्मीकी तारा बस्नेत अनकन्टार भिरमा मृत फेला

मर्निङ वाकमा निस्केकी गुल्मीकी तारा बस्नेत अनकन्टार भिरमा मृत फेला

मर्निङ वाकमा निस्केकी गुल्मीकी तारा बस्नेत अनकन्टार भिरमा मृत फेला

मर्निङ वाकमा निस्केकी गुल्मीकी तारा बस्नेत अनकन्टार भिरमा मृत फेला

मर्निङ वाकमा निस्केकी गुल्मीकी तारा बस्नेत अनकन्टार भिरमा मृत फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • गुल्मी । मर्निङ वाकमा निस्केकी गुल्मीकी एक महिला घर नफर्किएपछि खोजतलासका क्रममा अनकन्टार भिरमा मृत फेला परेकी छन् ।
    धुर्कोट गाउँपालिका–६ रजस्थल घर भई हाल छोराको पढाइका सिलसिलामा तम्घास बस्दै आएकी ३८ वर्षीया तारा बस्नेत रेसुङ्गा नगरपालिका–३ भाडगाउँस्थित माइतीघरमा आएका बेला मृत फेला परेकी हुन् ।

    उनी हिजो बिहान करिब ६ बजे सधैँझैँ माइतीघरबाट मर्निङ वाकमा निस्किएकी थिइन् । तर, लामो समयसम्म घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालय गुल्मीमा खोजतलासका लागि जाहेरी दिएको रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए ।

    वडाध्यक्ष खत्रीका अनुसार आज बिहान उपल्लो भाडगाउँ र तल्लो भाडगाउँको बीचमा रहेको अनकन्टार भिरको खोँचमा कागहरू झुम्मिएको देखेपछि शङ्का लागेर ड्रोनको सहायताले नियाल्दा महिलाको शव देखिएको थियो ।

    त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा शवलाई भिरबाट बाहिर निकालिएको हो । उक्त शव बेपत्ता तारा बस्नेतकै भएको उनले पुष्टि गरेका छन् ।

    धुर्कोट गाउँपालिकाका नगर प्रहरी भुवन बस्नेतले मृतक आफ्नी आन्टी भएको बताए । उनका अनुसार ताराको एक छोरा छन् । छोरालाई पढाउन उनी तम्घासमा बस्दै आएकी थिइन् । विद्यालय बिदा भएकाले केही समयका लागि माइतीघर भाडगाउँ पुगेकी थिइन् ।

    ताराका श्रीमान् बासबहादुर बस्नेत दसैँ मनाउन विदेशबाट घर आएका थिए । दसैँ मनाएर दुबई फर्किएको एक साता पनि नबित्दै परिवारमा यो दुःखद घटना भएको भुवनले बताए । घटनाको कारण भने खुल्न बाँकी छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij