२०८३, कार्तिक १६ गते

Nov 01 2026

images
images

गुल्मी इस्मामा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

गुल्मी इस्मामा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

गुल्मी इस्मामा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

गुल्मी इस्मामा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

गुल्मी इस्मामा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक १४ २०८३
शुक्रवार, कार्तिक १४ २०८३

  • गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ आपलायमा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार २०८३ कात्तिक १२ गते साँझ करिब ५ बजे जैथुमबाट कुखुरेखोलातर्फ जाँदै गरेको लु २ त ६१९४ नम्बरको खाली ट्र्याक्टरले पैदल हिँडिरहेका स्थानीय मानबहादुर खत्रीका छोरा कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो।

    ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी सहायक निरीक्षक शम्भु कुँवरको कमाण्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा थप १२ जनाको टोलीसमेत परिचालन गरिएको थियो।

    प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्का सम्पन्न गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखेको जनाएको छ। दुर्घटनामा संलग्न ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij