२०८३, कार्तिक १३ गते

Oct 29 2026

images
images

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १२ २०८३
बुधवार, कार्तिक १२ २०८३
  • बुटवल ऽ  तिहार र छठपर्व नजिकिएसँगै  बजारमा माटो र बाँसबाट बनेका सामग्रीको कारोबार बढेको छ । चाडपर्वमा पूजाआजाका लागि यस्ता सामग्री अनिवार्य मानिने भएकाले माग बढेको हो ।

    तिहारमा प्रयोग हुने माटोका दियो, कलश र घैँटासहित छठमा आवश्यक बाँसका कोनिया, नाङ्लो र ढाकीको बिक्री बढेको सप्तरीको राजविराज बजारमा स्थानीय व्यापारी बुचनीदेवी साहले बताइन्।

    एक दशकदेखि बाँसका सामग्रीको व्यापार गर्दै आएकी साहका अनुसार अन्य समयमा दैनिक करिब एक हजार रुपैयाँको कारोबार हुने गरेकामा दसैँदेखि तिहारसम्म दोब्बर हुने गरेको छ । अन्य समयमा विवाह, व्रतबन्ध र पूजाआजाजस्ता अवसरमा मात्र यस्ता सामग्रीको माग हुने गरेको उनले बताइन्।

    राजविराज नगरपालिका–२ की ममता झाले मधेसका चाडपर्व र पूजाआजामा माटोका भाँडा तथा बाँसका सामग्रीको विशेष महत्त्व रहेकाले तिहार र छठमा तिनको खरिद अनिवार्यजस्तै हुने बताइन्।

    राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक (डोम) समुदायले निर्माण गरेका बाँसका सामग्री स्थानीय बजारमै बिक्री हुनु सकारात्मक भएको बताए। यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै जिल्लाभित्रै आर्थिक कारोबार बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

    स्थानीयस्तरमै उत्पादित माटो र बाँसका सामग्रीको खरिदबिक्री हुने भएकाले यस्ता सामग्रीका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको नगरप्रमुख परविनले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij