२०८३, कार्तिक १३ गते

Oct 29 2026

images
images

तरुण दलको ७४ औँ स्थापना दिवसमा बुटवल नगरसमितिद्वारा प्रज्वलन, अपाङ्ग आश्रमलाई न्यानो कपडा

तरुण दलको ७४ औँ स्थापना दिवसमा बुटवल नगरसमितिद्वारा प्रज्वलन, अपाङ्ग आश्रमलाई न्यानो कपडा

तरुण दलको ७४ औँ स्थापना दिवसमा बुटवल नगरसमितिद्वारा प्रज्वलन, अपाङ्ग आश्रमलाई न्यानो कपडा

तरुण दलको ७४ औँ स्थापना दिवसमा बुटवल नगरसमितिद्वारा प्रज्वलन, अपाङ्ग आश्रमलाई न्यानो कपडा

तरुण दलको ७४ औँ स्थापना दिवसमा बुटवल नगरसमितिद्वारा  प्रज्वलन, अपाङ्ग आश्रमलाई न्यानो कपडा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  •  

    बुटवल। नेपाल तरुण दलको  ७४ औँ स्थापना दिवसको अवसरमा नेपाल तरुण दल बुटवल उपमहानगर समितिले दीप प्रज्वलन तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको छ।

    नेपाल तरुण दल बुटवल उपमहानगरपालिका सभापति सुजन पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाली कांग्रेस बुटवल नगर सभापति ज्योति भण्डारीलगायत सहभागी थिए।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले पार्टीलाई बलियो बनाउन तरुण दलको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले युवाहरू पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिए।

    लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले लोकतान्त्रिक आन्दोलनदेखि पार्टी संगठन निर्माणसम्म तरुण दलको योगदान महत्त्वपूर्ण रहेको बताइन्। उनले युवाहरूले सामाजिक र राजनीतिक क्षेत्रमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तरुण दलले पार्टीको संगठन सुदृढीकरणसँगै सामाजिक सेवाका काममा पनि योगदान दिँदै आएको बताए। उनले युवाहरू समाजका सकारात्मक परिवर्तनका संवाहक बन्नुपर्ने बताए।

    नेपाली कांग्रेस बुटवल नगर सभापति ज्योति भण्डारीले पार्टीलाई गतिशील बनाउन तरुण दलको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले युवाहरू एकताबद्ध भएर संगठन निर्माण र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा बुटवल–११ स्थित नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई २५ थान न्यानो कपडा वितरण गरिएको थियो। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत सामाजिक सेवाको काम गरिएको आयोजकले जनाएको छ।

    नेपाल तरुण दल बुटवल उपमहानगर समितिको आयोजनामा बुटवल–६ स्थित बीपी चोक, बीपी पार्कमा कार्यक्रम गरिएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij