भैरहवा । सिद्धार्थ दुर्गा युवा क्लबले भैरहवास्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । सामाजिक क्रियाकलाप गर्ने उद्देश्यका साथ स्थापित क्लबले सामाजिक सेवाको कार्यलाई अगाडी बढाउँदै बालगृहमा विहानीको खानाखुवाउनुका साथै नगद सहयोग प्रदान गरेको हो ।
क्लबका सदस्य र श्भेच्छुकहरुको अगुवाई र सहयोगमा भएको कार्यक्रममा क्लबले बालगृहमा रहेका बालबालिका र परिवारलाइ शनिबार खाना खुवाइएको थियाे भने संकलित रकम सहयाेग स्वरूप बालगृहकी संचालक कृष्णामाया गुरुङ्गलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा बोल्दै गुरुङले संस्था संचालनको मुख्य चुनौती घरभाडा तिर्नु रहेको बताउँदै सरोकारवालानिकायले उल्लेखनीय सहयोग नगरेको गुनासो गरिन ।

आमा सामुदायिक सेवा समिति सि.न.पा.–२,३, मेउडीहवा, खजुरीयाका अध्यक्ष इन्दिरादेवी क्षेत्रीले यस्तो कठिन परिस्थीतीमा समेत बालगृह संचालनगरिरहनु भएकोमा कृष्णामाया गुरुङ्गको प्रशंशा गर्दै बालगृहलाई आवश्यक जमिन उपलब्ध गराउन सरोकारवाला निकायमा सबैले पहल गरिनु पर्ने बताइन ।
दुर्गामन्दिर तथा मौलो पूजा समिति, सि.न.पा.–२,३, मेउडीहवा, खजुरीयाका अध्यक्ष अमितआलेले युवाहरुको पहलमा बालगृहम ाभएको यो कार्यक्रम प्रशंशनीय रहेको र यस प्रकारको कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।
क्लबका अध्यक्ष भीमबहादुर थापाले कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहात र मनहरुलाई धन्यवादव्यक्तगर्दै, कुनै पनि संस्था संचालन गर्नु कठिनह ुने भएता पनि पूर्ण आत्मविश्वासका साथकार्य गरेमा अवश्य सफल हुने बताए ।
क्लबका सचिव बिकाशबस्नेतको संचालन, सदस्य सुरेन्द्र गुरुङ्गको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका स्वंसेवक सदस्यहरुले स्वतस्पूmर्त रुपमा खानापकाउने, खुवाउने र व्यवस्थापनको कार्य गरेका थिए ।



