२०८३, कार्तिक २५ गते

Nov 10 2026

images
images

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया

लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीको अध्यक्षमा अमन बनिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • भैरहवा ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट भातृसंगठन लोकतान्त्रिक विद्यार्थी संघ, रुपन्देहीको अध्यक्षमा अमन बानियाँ चयन भएका छन् ।

    संगठन विस्तारको क्रममा फागुन ४ गतेको लोकतान्त्रिक विद्यार्थी संघको बैठकले जिल्लास्तरीय भेलाबाट अमन बानियाँको अध्यक्षतमा  १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा भूपेन्द्र भट्ट, सचिवमा रोनक श्रीवास्तब (अभिलाष) र कोषाध्यक्षमा सुशिला यादव सर्वसम्मत चयन भएको विद्यार्थी संगठनका केन्द्रिय सचिव जैनुद्दिन देवानले जानकारी दिए ।

    विद्यार्थी संघ आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पूर्ण रूपमा सक्रिय भएको छ। निर्वाचनलाई व्यवस्थित ढंगले अगाडि बढाउन संगठनले अनुशासन, परिचालन, आर्थिक र प्रचार–प्रसार समितिहरू गठन गरेको छ । संगठन जिल्ला सदस्यहरुमा रम्भा गुप्ता, अनदीप यादव, कमरान अली, मुन्नी जैसवाल, रामनाथ गुप्ता, ओक्कार युनुस, सुदामा थारु, राजन कोहार, प्रविणकुमार चौधरी थारु, मनिष हरिजन, फूलचन्द्र हरिजन, इन्द्रमणि यादव र विजयकुमार बरई सर्वसम्मत चयन भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको अनुशासन समिति सदस्य समेत रहेका देवानले बताए । 

    संगठनले पार्टीका नीति, कार्यक्रम र विद्यार्थीको हकहीतमा काम गर्ने जनाएको छ । नयाँ कार्यसमितिले आगामी स्ववियु निर्वाचन लक्षित कार्यक्रमलाई कलेजहरुमा प्रभावकारी ढंगले अघि बढाउने र संगठनको विजयका लागि आफ्ना एजेण्डा विद्यार्थीहरु समक्ष लैजाने बताएको छ ।

    नवनिर्वाचित अध्यक्ष बानियाँले मुलुकको विद्यार्थी आन्दोलनलाई थप उचाईमा पुर्याउन र विद्यार्थी हकहीतका लागि संगठनले जिल्लाभर अभियानमूलक कार्यक्रम गर्ने बताए । उनले शैक्षिक सुधार र विद्यार्थीमैत्री शैक्षिक वातावरण सिर्जना गर्न आफूहरुले पहलकदमी गर्ने जनाए । जिल्लाका हरेक स्कूल, प्लस टु, क्याम्पसहरुमा संगठन निर्माण गरी बलियो विद्यार्थी संगठन बनाउने आफूहरुको योजना रहेको बताए ।

     

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij