२०८३, कार्तिक २८ गते

Nov 13 2026

images
images

ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड

ठाकुरलाई रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१

  • बुटवल । नेपालमा सैलुन क्षेत्रलाई ब्यवस्थापन गर्दै लामो समयदेखी काम गर्दै आएका सैलुन उद्यमी मोहन ठाकुरले रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड प्राप्त गरेका छन। 
    नेपालको उत्कृष्ट हेयर ड्रेसर र सैलून उद्यमीको रूपमा भारतमा  आयोजित कार्यक्रममा ठाकुरले  रेनेसान्स नेक्स्टजेन लिडर्स अवार्ड २०२४ प्राप्त गर्न सफल भएका हुन। 


    ठाकुरलाई प्रतिष्ठित बलिउड अभिनेत्री अमृता रावले अवार्ड प्रदान गरिन्।  होटल हयात रिजेन्सी, लखनउ, भारतमा आयोजित गरिएको कार्यक्रमबाट अवार्ड पाउँदा आफुलाइ निकै खुसी लागेको ठाकुर बताउछन। 


    उनले जुन क्षेत्रको लागि आफुलाइ सम्मान गरिएको छ त्यो कुरालाइ अझै दृढका साथमा अगाडि बढ्ने प्रतिक्रिया दिए।
     उनले भने,"यस अवार्डले मलाई  कपालको हेरचाह र कलात्मकतामा उत्कृष्ट प्रदर्शन गर्न जारी राख्न प्रेरित गरिरहेको छ । " 


    ठाकुरले पछिल्लो समय बुटवल अमरपथ सिह कम्प्लेक्समा समृद्धि सलोन तथा एकेडेमी सञ्चालन गर्दै आएका छन। समृद्धिका पोखरा, मणिग्राम, जितपुर कपिलवस्तु, बर्दघाटमा शाखा रहेका छन भने यी सबै साखामा गरि ५० भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन।


    ठाकुरले एकेडेमी मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन। बुटवलमा युनिसेक्स को रुपमा सैलुन ब्यवसाय सञ्चालन गर्दै सम्मानयोग्य पेशा बनाएको श्रेय ठाकुरलाई जान्छ। 

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij