२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित बुटवल खाना महोत्सव २०८३ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा मंसिरमा दोस्रो हप्ता देविनगरस्थित रंगशालामा पाच दिने बुटवल खाना महोत्सव गर्ने भएको हो । 

    बुटवलमा खाना महोत्सवलाई पर्वको रुपमा संघबाट निरन्तर गरिदै आएको अध्यक्ष माधव कुमार खनालले बताए । बुधबार संघको बैठकबाट मंसिर ११ देखि १५ गतेसम्म पाच दिनसम्म महोत्सव गर्ने निर्णय भएको अध्यक्ष खनालले बताए ।

    नेपाली मौलिक खानपिनका परिकारका साथै विविध मनोरन्जनात्मक गतिविधिहरु समावेश हुने उनले बताए । कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

    अध्यक्ष खनालको संयोजकत्वमा मुल समारोह समिति, निवर्तनमा अध्यक्ष लेखनाथ भण्डारी स्टल अनुगमन तथा निरिक्षण, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे विद्युत जडान तथा ब्यवस्थापन, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा स्वागत सत्कार, सास्कृतिक, मंच गठन सजावट उपसमिति गठन भएको छ । 

    यसैगरि प्रथम उपाध्यक्ष थम्मन भण्डारी स्टल निमार्ण, साउण्ड तथा सुरक्षा ब्यवस्थापन, द्धितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई स्टल बुकिङ वितरण ब्यवस्थापन, तृतिय उपाध्यक्ष राम बहादुर न्यौपाने मंच तथा सचिवालय निमार्ण, महासचिव केशवराज कंडेल सदस्य, सचिव मुल समारोह समिति, कोषाध्यक्ष अर्जुन पोखरेल आर्थिक समन्वय तथा खाना, आवास ब्यवस्थापन, सचिव तुल्सीराम पराजुली संघसंस्था समन्वय तथा पत्राचार, सहसचिव डिल्लीराम अर्याल छपाई तथा पुरस्कार वितरण, सहकोषाध्यक्ष खुमराज ज्ञवाली सामग्री खरिद तथा बजार ब्यवस्थापन, सदस्य एकदेव पाण्डे जनचेतना रयाली तथा मंच ब्यवस्थापन उपसमिति गठन भएको छ ।

    विगतका वर्षको निरन्तरतामात्र नभई थप पर्यटकलाई मनोरन्जन दिने गरि सास्कृतिक कार्यक्रममा राष्ट्रिय, स्थानिय कलाकारको प्रस्तुतिका साथै विभिन्न मनोरन्जनात्मक स्टलहरु रहने संघका कोषाध्यक्ष अर्जुन पोखरेलले बताए ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij