२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

पूर्वाधारसँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्छ : नगरप्रमुख यादव

पूर्वाधारसँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्छ : नगरप्रमुख यादव

पूर्वाधारसँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्छ : नगरप्रमुख यादव

पूर्वाधारसँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्छ : नगरप्रमुख यादव

पूर्वाधारसँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्छ : नगरप्रमुख यादव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, कार्तिक १८ २०८३
मंगलवार, कार्तिक १८ २०८३
  • परासी  । परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो परासी ९०ड्ढ २ मेगाहर्जले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा ‘समुदायसँग सामुदायिक रेडियो परासी’ कार्यक्रम गरेको छ।

    पश्चिम नवलपरासीको परासीमा सञ्चालित रेडियोले आफ्नो वार्षिकोत्सवलाई समुदायसँग जोड्दै रेडियो र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको हो।


    सामुदायिक रेडियोले स्थानीय जनताको आवाज, समस्या, आवश्यकता र सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ। स्थानीय भाषा, कला, संस्कृति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य तथा जनचेतनामूलक विषयलाई सञ्चारमाध्यमबाट समुदायसम्म पुर्‍याउन रेडियोको भूमिका महत्त्वपूर्ण रहँदै आएको बोल्ने वक्ताहरूले बताएका छन ।

    १९ वर्षको सञ्चार यात्रामा रेडियोले स्थानीय समुदायका आवाजलाई उजागर गर्दै सामाजिक रूपान्तरण, सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको रेडियो परासीको अध्यक्ष राजकुमार रेश्मीले बताए ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नगरको समग्र विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।


    समाजमा भइरहेका राम्रा कामको प्रशंसा र नराम्रा कामको उजागर गर्दै सामाजिक सुधारका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। विकास भनेको सडक, नाला र भवन निर्माण मात्र नभई शिक्षा, खेलकुद, संस्कृति, सामाजिक चेतना र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु पनि भएको उनको भनाइ छ।


    उनले नगरभित्र खेलकुद क्षेत्रको विकासका लागि खेलमैदानको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। खेलाडीलाई नियमित अभ्यास गर्ने वातावरण सिर्जना गर्न खेलकुद पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।

    उनले स्थानीय, प्रदेश र संघ गरी तीनवटै सरकारलाई जनताको आवश्यकता र सामाजिक विकासका विषयमा सचेत हुन आग्रह गरेका छन्। तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य भएमा मात्रै नगरको समग्र विकासले गति लिन सक्ने उनको धारणा छ।

    रामग्राम नगरपालिकाको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको रामग्राम स्तूप र ऐतिहासिक पण्डितपुर क्षेत्रको विकासमा समेत विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्। यी सम्पदाको संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    उनका अनुसार विकासको अवधारणा भौतिक संरचनामा मात्र सीमित हुनुहुँदैन। समाजमा सकारात्मक सोच, सामाजिक चेतना, खेलकुद, शिक्षा, संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणलाई सँगसँगै अघि बढाउन सके मात्रै समग्र समाजको विकास सम्भव हुने उनले बताएका छन्।सामुदायिक रेडियो परासीमा स्वर्गीय कमला रेश्मी मगर र चन्द्रलाल पोखरेलको स्मृतिमा सहयोग

    । सामुदायिक रेडियो परासी का अध्यक्ष राजकुमार  रेश्मीले आफनो श्रीमती स्वर्गीय कमला रेश्मी मगर स्मृतिमा कंक्रिट बेन्च हस्तान्तरण गरेका छन । उनले चारवटा कंक्रिट बेन्च हस्तान्तरण गरेका हुन 

    सामजसेवि प्रभा ज्ञवालीले  स्वर्गीय चन्द्रलाल पोखरेलको स्मृतिमा उनका छोरा तथा बुहारी रामप्रसाद पोखरेल र प्रभा ज्ञवाली  पोखरेलबाट कंक्रिट बेन्च हस्तान्तरण गरेकि छिन 

    दिवंगत आफन्तको सम्झनालाई जीवन्त राख्दै सामाजिक तथा सञ्चार क्षेत्रसँग जोडिएको संस्थालाई सहयोग गर्ने कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij