२०८३, कार्तिक २८ गते

Nov 13 2026

images
images

अन्धकारमुक्ति सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

अन्धकारमुक्ति सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

अन्धकारमुक्ति सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

अन्धकारमुक्ति सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

अन्धकारमुक्ति सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • बासुदेव ढकाल  / रामपुर पाल्पा । बिभिन्न १८ बुदेँ निर्णयहरु गरी सस्थाले चरणबद्ध कार्यक्रम गरेर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएकोछ।

    केन्द्रिय कार्यालय रामपुरमा शुभारम्भ गरी शनिबार निस्दी ढुङ्गानाबेसी, रामपुर जब्गादी, गेझा रम्भा ताहुँ र मंगलबार सहयोगी सेवा केन्द्र बेझाँड र केन्द्र स्तरीय सेवा केन्द्रको शहीद बहुमुखी क्याम्पस रामपुर-७ किसानबारीमा सम्पन्न भएकोछ ।

    केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुको उपस्थितिमा भएको साधारण सभा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वार्षिक साधारण सभाको उट्घाटन गर्दै अन्धकारमुक्ति साकोस रामपुर नगर कै गौरवको संस्था भएको बताए।

    संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन सहित भावि रणनीति बारे जानकारी गराउदै खेतको आलीबाट दैनीक ५० पैसा बचत गरेर  सुरु भएको सहकारीमा हाल पाल्पा जिल्ला भित्रका ११ हजार १४ भन्दा बढी शेयर सदस्य आवद्ध रहेको, कुल पुँजी १ अर्ब ५७ करोड ८३ लाख ८९ हजार ६६  पुगेको जानकारी गराए ।

    लेखा सुपरीवेक्षण समितिका सदस्य राम प्रसाद ढकाल रमेशले संस्थाको वित्तिय सुशासनको अवस्था जानकारी गराएका थिए। साधारण सभाको अवसरमा ५ वटा सेवा केन्द्र र  केन्द्रिय कार्यालय अन्तरर्गतका नियमित बचत कर्ता, बालबचत कर्ता, असल ऋणी, सफल व्यापायी, एसईएमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी, लघुवित्त केन्द्र, केन्द्र प्रमुखुलाई पुरस्कृत गरिएको थियो ।

    साथै सहकारीले ७० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यहरु१०लाई मासिक ५ सय बृद्ध भत्ता समेत प्रदान्न सुरु गरिएको थियो ।भने १सय ३८ जना जेष्ठ नागरिकलाइ सहकारीले बृद्ध भत्ता वितरण गर्दै आएको छ। 

    कार्यक्रममा संस्थापक अध्यक्ष मोहन भट्टराई, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सल्लाहाकार भोजेन्द्र प्रकाश ढकाल, सल्लाहाकार सुकदेव पोखरेलले उद्यमशिलताको लागि आवश्यक तालिम प्रदान गरेर अघि बढ्न सुझाव दिए ।

    संस्थाका सल्लाहाकार एवं  नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले अन्धकारमुक्ति स्थानीय जनताको साना सानापुँजीबाट सञ्चालनमा रहेकाले ढुक्क भएर कारोबार गर्न सुझाव दिएका छन ।कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटिका उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा माओवादी केन्द्रका अध्यक्ष यम बहादुर सुनार,राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति अर्जुन प्रसाद श्रेष्ठ, एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपरका अध्यक्ष रामप्रसाद गैरेले शेयर सदस्यहरुकोले सक्रियताले नै वित्तिय संस्थाको भिडमा अन्धकारले सफलता प्राप्त गरेको बताए।

    सल्लाहाकार दयाराम भट्टराई, रामपुर साना शहरी खानेपानीका उपाध्यक्ष हजुल दिन मिया, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी, सुर्योदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतम, उज्यालो बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विष्णु माया ढकाल, शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले, संस्थापक सदस्य विष्णु प्रसाद रेग्मी, शेयर सदस्य दुर्गा प्रसाद पोखरेल,  शेयर सदस्य मन्जु रानाले आफ्नो भनाई सहित सुझाव दिएका थिए ।

    । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेलले धन्यवाद ज्ञापन र सञ्चालन सचिव ओम प्रकाश बस्यालले गरेका थिए।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij