भैरहवा । विदेशी परिकार सहित उत्कृष्ट पेयपदार्थ पस्किने उद्देश्यका साथ भैरहवामा दुई युवाहरुले गार्डेन अफ ड्रिङ्स रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । भैरहवाको बढ्दो माग, पर्यटकलाई सेवादिने गरि युवाहरु रमेश कान्दु र दीपक बानियाँको ७० लाख लगानीमो सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
जीओडी रेष्टुरेन्टमा नेपालीसहित चाइनिज, थाई, इन्डियन लगायतका विदेशी परिकार पस्किने संचालकले जनाएका छन् । रेष्टुरेन्टको शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन गरे ।
संचालक बनियाले भैरहवाको माग शान्त, मनोरम वातावरणमा विदेशी स्वादिष्ट परिकारहरु एकै थलो पाउनु रहेको पाएपछि हामीले सल्लाह गरी लुम्बिनी आउने पर्यटक, विमानस्थल र भारतिय पर्यटकहरुलाई लक्षित गरि रेष्टुरेन्ट संचालनमा ल्याएको बताए । पर्यटन व्यवसायमा सम्भावना देखेरविस्तारै यहाँको बजार पनि बढ्दै छ त्यसमा हाम्रो पनि केही योग्दान होस भनेर पर्यटनमा सम्भावना देखेर नै रेष्टुरेन्ट संचालन गरेको उनले भने ।
अर्का संचालक कानदुले ग्राहकको चाहना र माग अनुसार न्यूनतम मुल्यमा स्वादिष्ट गुणस्तरीय खानाका परिकार दिने गरि हामीले तयारी गरेका छौ । अहिले देशमा देखिएको आर्थिक मन्दीको बीच निराशालाई उत्साहमा बदल्ने प्रयास स्वरुप न्युनतम मुल्यमा स्तरीय सेवा हामीले दिनेमा प्रतिबद्ध छौ, यसले केही भएपनि आर्थिक चलायमान गराउने अपेक्षा छ । रेष्टुरेन्टले आरामदायी वातावरणमा स्वच्छता र स्वास्थलाई मध्यनजर गर्दै ग्राहकहरुलाई सेवा दिने छ भने नाम अनुसार फरक र नौलो सेवा दिने संचालकको भनाई छ ।
२० जनालाई रोजगारी दिएको रेष्टुरेन्टमा सबै प्रकारका पेयपदार्थ, ताजा जुस र विभिन्न थरिको कफी पाइन्छ । एकैपटकमा १ सय २० जनालाई सेवा दिनसक्ने गरी डेकोरेसनसहितको पार्टेसन गरिएको छ । रेष्टुरेन्ट विस्तारै २४सै घण्टा संचालन गरिने गरि तयारी गरेका छौ ।



