२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ०५५ रुपैयाँ रहेको थियो। 

    सुनसँगै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार १५४ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन ४ हजार ०३० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव आएको महासंघले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij