२०८३, कार्तिक ६ गते

Oct 22 2026

images
images

अर्घाखाँचीमा १५ जना उम्मेदवार

अर्घाखाँचीमा १५ जना उम्मेदवार

अर्घाखाँचीमा १५ जना उम्मेदवार

अर्घाखाँचीमा १५ जना उम्मेदवार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • लक्ष्मण घिमिरे 
    अर्घाखाँची 
     आगामी फागुन २१ गतेको निर्वाचनका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
    अर्घाखाँचीमा एक महिलासहित १५ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन् ।  एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) को उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कानले पार्टीकातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।


    नेकपा एमालेबाट पिताम्बर भुसालको उम्मेदवारी परेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष रहेका भुसाललाई एमालेले उम्मेदवारी बनाएको हो ।


     नेपाली कम्युनिस्ट पाटीको तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा (माओवादी)बाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन् ।


    महिला उम्मेदवार स्वतन्त्रबाट एक जनाको मात्र परेको छ । पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । त्यस्तै मंगल नेशनल अर्गनाइजेसन पाटीबाट सूर्यबहादुर गुरुङ, जनता समाजवादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णु बहादुर गाहा, स्वतन्त्रबाट  र  हिमाल भुसालले उम्मेद्वारी दिएका छन् ।


    आ–आफ्ना समर्थक, नेता तथा कार्यकर्तासहित सबै दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
    मनोनयनसँगै चुनावी माहोल सुरु भएको छ । चोक–चोकमा भेला हुने तथा प्रचारप्रसार अभियानमा दलहरु केन्द्रित भएका छन् ।  पहिलेका निर्वाचनमा जस्तै नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उदाउँदो शक्ति रास्वपालाई पनि कम आँक्न नमिल्ने कतिपयको धारणा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij