२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • पाल्पा
    पाल्पा रिब्दीकोट गाउँपालिकाले विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित पालिकाभित्रका विद्यालयमा आधारित ‘पालिकास्तरीय प्रतिभा पहिचान’  अभियान गरेको छ । यसले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै बाह्य विषयमा पनि चासो बढाउन प्रेरित गरेको छ । 


    हरेक बालबालिकाको प्रतिभा पहिचान विद्यालयस्तरबाटै हुने गरेको छ । विद्यालयमा फरक–फरक क्षमता भएका बालबालिकाहरुको प्रतिभा बाहिर ल्याउन गाउँपालिकाले नीति कार्यक्रम र बजेटमार्फत् अभियान सुरु गरेको हो ।  पालिकास्तरीय प्रतिभा पहिचान कार्यक्रममा  गाउँपालिकाका विद्यालयहरुबाट तीन तहका प्रतियोगिताहरु सञ्चालन भएका छन्  ।  रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले  कक्षा १ देखि ५ सम्मका बालबालिकाहरु बिच चित्रकला प्रतियोगिता, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबिच हाजिरी जवाफ प्रतियोगिता, र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुबिच वादविवाद प्रतियोगिता प्रतिभा पहिचान  गरेको छ । 


    हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिकाभित्रका १९ वटा आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका ५७ जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाए । प्रतियोगितामा  ६० प्रतिशत प्रश्न कक्षागत  पाठ्यपुस्तकमा आधारित  र ४० प्रतिशत समसामयिक सामान्य ज्ञानसम्बन्धी थिए । प्रतियोगितामा कालीका आधारभूत विद्यालय वडा नं. १, जोगिथुम प्रथम, भैरव मेमोरियल बोर्डिङ् स्कुल वडा नं. ४ द्वितीय र आदर्श माध्यमिक विद्यालय वडा नं. २, देउराली तृतीय भए । यस्ता प्रतिभा पहिचान कार्यक्रमले बालबालिकाको  पठन पाठनमा सुधार भएको, विद्यार्थीहरुलाई सक्रिय बनाएको, विद्यालयलाई समेत जागरुप बनाएको कालीका आधारभूत विद्यालय जोगिथुमका शिक्षक नारायण कुमालले बताए । 


    गाउँपालिकाले प्रत्येक शुक्रबार विद्यालयमा पठन पाठन गरी अतिरिक्त क्रियाकलापमार्फत् प्रतिभा पहिचान गर्ने नीति बनाएको छ । अतिरिक्ति क्रियाकलापमार्फत् प्रतिभा पहिचान नीति कार्यान्वयन गर्न पालिकाबाट निरन्तर अनुगमन बढाएको छ ।  बालबालिकाहरुलाई पठन–पाठनप्रति रुचि बढाउने, सिर्जनात्मक क्षमता विकास गर्ने र विविध प्रतिभाहरुलाई उजागर गर्न प्रतिभा पहिचान कार्यक्रम गरेको  शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले जनाए ।  


    वादविवाद प्रतियोगिता “सामाजिक सञ्जाल ः वरदान कि अभिशाप” विषयमा विद्यार्थीहरुले गरेको तर्क विर्तकले विद्यार्थीको जागरुपतालाई बढाएको छ  ।  विद्यार्थीहरुले  विषयको पक्ष र विपक्षमा तर्क–वितर्क प्रस्तुत गर्दै सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पक्षबारे जानकारी पाएका छन् ।  यसले उनीहरुमा विचार अभिव्यक्तिको क्षमता र विश्लेषणात्मक सोंच विकास गर्न सहयोग पु¥याएको छ  । वादविवाद प्रतियोगितामा आर्दश मावि देउराली प्रथम, भवानी मावि कुसुमखोला द्वितीय र भैरव जनता मावि भैरवस्थान तृतीय भए । 


    चित्रकला प्रतियोगितामा बालबालिकाले आफ्नो कल्पनाशक्ति, सृजनात्मकता र सामाजिक सन्देशयुक्त चित्र कोरे ।  चित्रकलाले साना कक्षाका बालबालिकामा रंग र अभिव्यक्तिको माध्यमबाट विचार प्रकट गर्ने सीप विकास गरेको  छ । चित्रकला प्रतियोगितामा ज्ञानमाला मावि फेक प्रथम, लक्ष्मी मावि माल्मुङ्ग द्वितीय र भैरव मेमोरियल बोडिङ्ग स्कुल तृतीय भए । 


    यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढाउने, प्रतिस्पर्धाको भावना विकास गर्ने र समग्र शैक्षिक गुणस्तरमा योगदान पु¥याउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । प्रतिभा पहिचान कार्यक्रमले   बालबालिकाको क्षमता विकासमा योगदान पु¥याएको छ  । रिब्दीकोट गाउँपालिकाले  सञ्चालन गरेको बालप्रतिभा पहिचान कार्यक्रमले विद्यालय शिक्षासँगै बालबालिकाको सिर्जनात्मक सोंच र आत्मविश्वासमा नयाँ ऊर्जा थपेको देखिन्छ । गुणस्तरीय बनाउँदै गाउँपालिका  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij