२०८३, कार्तिक ६ गते

Oct 22 2026

images
images

ग्वार्को ओभरपास उद्घाटन

ग्वार्को ओभरपास उद्घाटन

ग्वार्को ओभरपास उद्घाटन

ग्वार्को ओभरपास उद्घाटन

ग्वार्को ओभरपास उद्घाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको ओभरपास सञ्चालनमा आएको छ ।

    शुक्रबार उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास रिबन काटेर उद्घाटन गरेका छन् । एसएसपी अधिकारीले रिबन काटेर उद्घाट गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्यले ताली बजाएका थिए । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

    केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

    २०८०  फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

    तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना आयोजना निर्माणको काम समेत ठप्प भएको थियो ।

    केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij