२०८३, कार्तिक ६ गते

Oct 22 2026

images
images

देशभरको तापक्रम बढ्यो

देशभरको तापक्रम बढ्यो

देशभरको तापक्रम बढ्यो

देशभरको तापक्रम बढ्यो

देशभरको तापक्रम बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • बुटवल ।  केही दिनयता निरन्तर घाम लागेका कारण  देशभरको तापक्रम बढेको छ ।हिजो सबैभन्दा धेरै भैरहवाको तापक्रम ४० डिग्री पुगेको छ । यस्तै सिमरा र जनकपुरको ३९, विराटनगर र धरानको ३७ डिग्री सेल्सियस पुगेको छ ।

    प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

    उनका अनुसार अहिलेको तापक्रम वृद्धि मनसुन शुरू हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रुपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने उनको भनाइ छ ।

    यसैबीच, देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मधेश र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजोजस्तै छिटपुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij