२०८३, कार्तिक ९ गते

Oct 25 2026

images
images

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम

वर्षाले ल्याएको जोखिम
सोमवार, आषाढ १८ २०८१
सोमवार, आषाढ १८ २०८१
  • गएको शनिबार राति परेको वर्षासँगै गएको पहिरोमा परेर गुल्मीमा पाँच, स्याङ्जामा दुई र बाग्लुङमा दुई गरी नौ जनाको निधन भयो । असार १२ गते बाढी र पहिरोलगायत विपद्मा परेर १४ जना नागरिकले ज्यान गुमाएका थिए । मनसुन सुरु भएयता अहिलेसम्म मुलुकमा साढे दुई दर्जनको ज्यान गएको छ । 


    मनसुन सुरु भएपछि परेको वर्षाले धान रोपाइँ गर्न पाएका किसान जति खुशी छन्, नागरिकको घरदैलोमा विपत्तिको त्रास उस्तै छ । पहाडमा बाढी र पहिरो तथा तराईमा डुबानले नागरिकको जीवन जोखिममा परेको छ । गुल्मीमा एकै परिवारका पाँच जनाको निधन घर माथिबाट पहिरो खसेर घर पुर्दा भयो । मध्यरातमा खसेको पहिरोमा पुरिएका उनीहरुलाई भोलिपल्ट मात्रै शव निकाल्न संभव भयो । स्याङ्जा र बाग्लुङमा ज्यान गुमाएकाहरु पनि पहिरोमा पुरिएर हो । पहाडमा पहिरोको उच्च जोखिम छ । पहाडमा सडक खन्नका लागि मनपरी डोजर प्रयोग भएको छ । मनपरी खनेका सडक पहिरो बढाउने साधन भएका छन् । सडक खन्दा कतिपय गाउँका घर जोखिममा परेका छन् । खेतीयोग्य जमिन नोक्सान भएको छ । विकास पु¥याउन खोज्दा विनाश बढेको छ ।


    जोखिमयुक्त बस्ती पहिचान  गरी त्यस्ता ठाउँबाट नागरिकलाई अन्यत्र व्यवस्थापन गर्न सरकारको प्राथमिकता हुनुपर्छ । संविधानले सुरक्षित आवासलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । संविधानको कार्यान्वयन गर्न  सरकारले सुरक्षित आवासको व्यवस्था गर्दै लैजानुपर्छ ।  पहाडमा छरिएर रहेका बस्तीलाई एकीकृत बस्ती विकासको मोडलमा बढ्नुपर्छ । त्यसो गर्दा विपद् व्यवस्थापन गर्न सकिन्छ  नै पूर्वाधारलगायतका विकासका कार्यक्रम सञ्चालन गर्न सहज हुन्छ । राज्यले गर्ने लगानीले प्रतिफल र नतिजा दिन सक्छन् ।


    यो वर्षको मनसुनमा वर्षा  सरदरभन्दा बढी पर्ने आँकलन भएको छ । जल तथा मौसम विज्ञान विभागले ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने आँकलन गरेको  छ । लामो खडेरी परेपछि भएको यो मनसुनको वर्षा विचित्रको छ । वर्षा एकैपल्ट ठूलो परेको छ । सिमसिम वर्षाले जोखिम कम गराउँछ । छोटो समयमा धेरै वर्षा भइरहेकोले बाढी र पहिरोको जोखिम बढाएको छ । वर्षाको यो प्रवृत्ति हेरेर तहगत सरकारले पूर्व तयारीमा ध्यान दिनुपर्छ । तहगत सरकारका सरोकारवाला कार्यालयबीच समन्वय र सहकार्यको खाँचो छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij