बुटवल । नेपालीहरूको प्रमुख पर्व बडादशैँमा पनि रोजगारी, अध्ययन र अन्य कामका लागि विदेशिने नेपाली युवायुवतीको क्रम रोकिएको छैन। दशैँको उल्लास र पारिवारिक भेटघाटका बीच पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुको भीड देखिएको छ।
स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा र उपलब्ध काममा पनि उचित सेवा–सुविधा नपाउँदा युवाहरू विदेशिन बाध्य भएका हुन्। सिरहाका लखनकुमार यादवले योग्यता र क्षमताअनुसार स्वदेशमै रोजगारी पाउने अवस्था भए दशैँका बेला परिवार छाडेर विदेश जानुपर्ने थिएन भने।
त्यस्तै, गुल्मीका प्रकाश खत्रीले रोजगारी र राम्रो भविष्यको खोजीमा युवाहरू विदेशिनुपरेको बताए। वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न सहयोग गरे पनि सक्रिय र दक्ष जनशक्ति विदेशिँदा कृषि, उद्योग तथा उत्पादनमूलक क्षेत्रमा दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।




