बुटवल । रुपन्देही नागरिक समाज बुटवल नगर समितीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार बुटवलमा एक कार्यक्रमका बिचमा साधारणसभा सम्पन्न भएको हो।
रुपन्देही नागरिक समाज बुटवल नगर समिती अध्यक्ष अरुण कुमार श्रेष्ठले नागरिक समाजले सोचेजस्तो स्थान पाउन नसकेको बताउदै आगामी दिनमा अझै सशक्त तरिकाले लैजाने बताए ।
बुटवल उपमहानगरपालिका ४ सदस्य समेत रहेका श्रेष्ठले वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आगामी वर्ष थप कार्यक्रम गर्नेगरी बुटवल उपमहानगरले यो वर्ष ४ लाख रुपैयाँ बिनियोजन भएको जानकारी गराए ।
उनले समाजका सदस्यीय वृद्धिको लागि काम गरिरहेको बताउँदै समाजको आउदो अधिवेशनबाट अझै सकृय टिम निर्माण हुने प्रतिबद्भता ब्यक्त गरे ।
सल्लाहकार रमा न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै न्यौपानेले नागरीक समाजमार्फत दबाबमूलक एवं नागरिक सचेतना लगायतका कार्यक्रमलाई निरन्तरता दिन सुझाब दिइन्।
कार्यक्रममा समाजका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ , सचिव खगेन्द्र पौडेल , कोषाध्यक्ष गौतम कालिराज ,सदस्य तेजलाल आचार्य अर्जुन लगायतले बोलेका थिए ।
साधारणसभाको अवसरमा हाेटल व्यवसायी एवं समाजका सचिव खगेन्द्र पौडेलले होटल पुर्वान्चलमा कार्यालय स्थापनाको लागि दुई वर्षको लागि निशुल्क ब्यवस्थापन गर्ने घोषणा गरेका थिए । उनले कार्यालय स्थापना संगै नियमित बैठक तथा साना कार्यक्रम गर्नकाे लागि सहज हुने विश्वास ब्यक्त गरे ।



