२०८३, कार्तिक ७ गते

Oct 23 2026

images
images

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । सरकारले राष्ट्रिय सम्मानका साथ प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

    यस्तै, देशका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।ढुंगानाको निधनमा सरकारका तर्फबाट गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिएको उनले जानकारी दिए ।

    काठमाडौंको पशुपति आर्यघाटमा आजै ढुंगानाको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिनेछ ।

    ८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार (हिजो) दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij