२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

दुर्गौलिया संचित गरेको १४७ बोरा चिनी बरामद

दुर्गौलिया संचित गरेको १४७ बोरा चिनी बरामद

दुर्गौलिया संचित गरेको १४७ बोरा चिनी बरामद

दुर्गौलिया संचित गरेको १४७ बोरा चिनी बरामद

दुर्गौलिया संचित गरेको १४७ बोरा चिनी बरामद
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • भैरहवा ।  भैरहवा भन्सार कार्यालयको नेतृत्व र सशस्त्र प्रहरी बल २७ नं. हे. क्वाको सहकार्यमा भन्सार छली अवैध रुपमा संचित गरिएको चिनी बरामद गरिएको छ । 
    पछिल्लो समय भन्सारले सूचनाको आधारमा निरन्तर सफलता हासिल गर्दे आइरहेको छ । सूचनालाई गम्भिरताका साथ लिदै लाखौ मुल्यको अवैध सामान भन्सार प्रमुख नारद गौतमको सक्रियतामा नियन्त्रणमा लिइएकाे छ । 

    बिहीबार दुगौलिया नाका अन्तर्गत पर्ने मायादेवी–३ बाट १४७ बोरा अर्थात ७ हजार ३ सय ५० किलो अवैध चिनी बरामद गरिएको हो । २ वटा घरमा अवैध रुपमा भित्रयाएर संचित गरिएको भन्ने सूचना भन्सार प्रमुखलाई आएपछि सोहीको आधारमा भन्सार कार्यालय र सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापाको कमाण्डमा गएको टोली दुईवटै घरमा राखिएकाे चिनी नियन्त्रणमा लिएको हो । चिनी राखेको केही दुरीमै प्रहरी चौकी दुर्गौलिया रहेपनि त्यसबारे सुइको पाएका थिएनन । 

    मर्चवार क्षेत्र तस्करहरुको रोजाईको क्षेत्र भएपनि आहिले भने तस्कर न्यूनिकरणका लागि टोली परिचालित छ । शनिबार मर्चवारमा तस्करहरुले भन्सारको गस्तीटोलीलाई घेरामा लिई गाडीसहितको तस्करीको सामान भगाए पछि सुरक्षा निकाय सतर्क रही काम गर्दै आएको छ । चिनी,  मटर र स्टीम चामल भारीमात्रामा तस्करी हुने गरेको थिए । शनिबारको घटनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा सुरक्षा निकायहरु पनि बेला बेलामा सम्भावित क्षेत्रको निरिक्षणमा निस्की रहेका छन । 

    मंगलबार प्रजिअकै नेतृत्वमा मिनि ट्रक सहित ८४ बोरा मटर नियन्त्रणमा लिएको थियो, व्यापक तस्करी भइरहेको छ भन्ने आधारमा बुधबार प्रजिअ अर्यालसँगै, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी रंजित सिंह राठौर, सशस्त्र प्रहरीका एसपी आनन्द थापा सहित मर्चवार क्षेत्रमा रहेका प्रहरी युनिटहरु विभिन्न नाकाहरुको निरिक्षण गरेका थिए । सो टोलीले समेत अवैध रुपमा भित्रिएको मटर चिनी लगायतका सामान नियन्त्रणमा लिएको थियो ।

    यस्तै शनिबारको घटनामा संलग्न केही व्यक्तिलाई समेत प्रजिअ अर्यालको नेतृत्वमा नियन्त्रणमा लिएको छ । मंगलबार राती प्रजिअ अर्याललाई मर्चवारमा तस्करको गाडी भगाउने र हुलहुज्जत गर्ने  व्यक्तिहरु एक होटलमा बसेका छन भन्ने विशेष सूचना आएको थियो, सोही आधारमा प्रजिअ अर्याल सहितको टोलीले मोतिपुर एक होटलबाट ४ जनालाई नियन्त्रणमा लिएको बताए । उनीहरुलाइृ म्याद थप गरि अनुसन्धान भइरहेको छ, अघि सोमबार मिनि ट्रक पनि नियन्त्रणमा आएको छ, घटनामा संलग्न केही अझै फरार रहेकोले तिनीहरु खोजीकार्य भइरहेको प्रजिअ अर्यालले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij