२०८३, कार्तिक ८ गते

Oct 24 2026

images
images

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त

रहेनन् पत्रकार पन्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१

  • भैरहवा । यस क्षेत्रका अग्रज पत्रकार चेतन पन्तको आइतबार राती ९ः१० बजे निधन भएको छ । विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।


    लामो समयदेखि उनी पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए ।


    लुम्बिनीको पर्यटन प्रर्वद्धनमा योगदान पुर्याउँदै आएका पन्त देशमा मात्रै  हाेईन विदेशमा पनि प्रचारक बनेर हिडेका थिए। समाचार, लेखसँगै देश-विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भीडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिने लगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनका लागि अभियान नै चलाएका अभियन्ता थिए ।


    भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउदै क्यान्सर विरुद्ध लडेका पन्तकाे ६६ वर्षको उमेरमा निधन भएकाे हो। उनकाे निधनले भैरहवा मात्रै हाेईन यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

    निधनले पत्रकारिता जगतसँगै भैरहवा क्षेत्र शोकमग्न भएको छ । पत्रकार, उधोगी, व्यवसायी, नेता, सामाजिक अभियान्ता, विधार्थीलगायतले निधनप्रति दु:ख व्यक्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले पत्रकार पन्तको निधनप्रति दु:ख व्यक्त गर्दै उनको निधनले सिद्धार्थनगर नगरपालिकासँगै देशलाई अपूरणीय क्षति पुगेको बताए ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले निधनप्रति दु:ख व्यक्त गर्दै पत्रकार पन्तको निधनले पत्रकारिता जगतले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएकोले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन् ।


    पत्रकार पन्तको सोमबार बिहान ९ बजे भैरहवाको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij