२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

प्रहरीको सफल अप्रेशन

प्रहरीको सफल अप्रेशन

प्रहरीको सफल अप्रेशन

प्रहरीको सफल अप्रेशन

प्रहरीको सफल अप्रेशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • रूपन्देहीको तिलोत्तमामा सुतिरहेको बेला राति ओछ्यानबाटै अपहरित बालिकालाई सकुशल उद्धार र संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीको यो सफल अप्रेशन प्रशंसनीय छ ।


    तिलोत्तमा कान्छीबजारबाट अपहरणमा परेको ३८ घण्टापछि बालिकाको सकुशल उद्धार भएको हो । ती बालिकाका अभिभावक सामान्य मजदुरी गर्दै आएका छन् । फिरौती वा अन्य कुन प्रयोजनका लागि बालिकाको अपहरण भएको थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तिलोत्तमा नगरपालिका—१७, दरखसवाका विशाल थारूलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । अपहरण गर्ने व्यक्ति स्थानीय भएका र पक्राउ परिसकेकाले घटनाको अनुसन्धानमा प्रहरीलाई बल पुगेको छ । पछिल्ला दिनमा अपराधिक प्रवृत्तिका व्यक्तिको मनोबल बढिरहेको बेला प्रहरीको यो कारबाहीले उनीहरुको मनोबल अवश्य कमजोर बनाउनेछ । अपराधका घटना कमजोर प्रहरी अनुसन्धान र कारबाहीबाट बढ्छन् । अपराधका घटना न्युन गर्नका लागि प्रहरी कारबाही प्रभावकारी हुनुपर्छ । रूपन्देही प्रहरीले बालिकाको अपहरण गर्ने व्यक्तिलाई पक्राउ मात्रै गरेन्, बालिकाको सकुशल उद्धार गरेको छ ।


    समाजमा अहिले निराशा, आक्रोश र असन्तुष्टि धेरै छ । यो बेला राज्यसंयन्त्रले थोरै कमजोरी गर्दा समाजमा धेरै क्षति हुनसक्छ । अराजक र अपराधीको मनोबल बढ्न सक्छ ।  समाजको निराशा, आक्रोश र असन्तुष्टि न्युन गर्न विभिन्न खालका योजना र कार्यक्रम लागु गर्न आवश्यक छ । सरकारी सेवा प्रवाहमा सुधारदेखि रोजगारीका कार्यक्रमलाई विस्तार गर्न सकिन्छ । सकारात्मक सोंचको विकास गर्ने तालिमहरु सञ्चालन गर्ने, आशा जगाउने कार्यक्रम अघि बढाउन सकिन्छ । तहगत सरकारको समन्वयमा समाजमा हुने यस्ता क्रियाकलापले व्यक्तिलाई आशा जगाउन सक्छ । समाज लयमा हिँडेपछि अपराधिक प्रवृत्ति भएका व्यक्तिको मनोबल कमजोर बन्छ ।


    अपराधमुक्त समाजका लागि प्रहरीको व्यवसायिक विकासमा राज्यको लगानी बढाउनुपर्छ । प्रहरीलाई अहिलेको साधनस्रोतमा भएको न्युन अवस्थाबाट माथि उकास्नुपर्छ । प्रविधिको प्रयोग गरी भइरहेका अपराधको अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन भइरहेका अप्ठ्यारा हटाउन ढिलाइ गर्न हुन्न ।


    रूपन्देहीको यो अपहरणको घटनामा संगठित समूह नभएको र गाउँकै युवाले गरेकाले अनुसन्धानमा धेरै समय र अरु लगानी गर्न नपर्न सक्छ, तर संगठित अपराधको जालो धेरै विस्तार भइसकेकाले प्रहरीलाई प्रविधि प्रयोगमा निरन्तर प्राथमिकता दिँदै सघाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij