२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

सम्झनामा आमा !!

सम्झनामा आमा !!

सम्झनामा आमा !!

सम्झनामा आमा !!

सम्झनामा आमा !!
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  •  सपना पौडेल रिजाल
    आमा, आज पनि
     तिमीलाई सम्झिँदा
     आँखा आफैँ रसाउँछन्, 
    ओठले हाँस्न खोजे पनि 
    मनभित्र चुपचाप वर्षा झर्छ ।
    तिमी गएको पनि त 
    धेरै वर्ष बिते, 
    तर तिम्रो अभाव भने 
    हरेक बिहान
     नयाँ भएर आउँछ, 
    हरेक रात 
    आँसु बनेर सिरानी भिजाउँछ ।
    आमा,
    तिमीले छोडेको धन 
    सुनचाँदी थिएन 
    तिमीले छोडेको धन त 
    असल बन्ने संस्कार थियो,
     इमानको बाटो थियो, 
    अरूको दुःखमा 
    हात समात्ने सुन्दर मन थियो ।
    आमा,
    आज म जहाँ छु, 
    जसरी बाँचेकी छु, 
    त्यो मेरो सामथ्र्य होइन
    तिम्रो शिक्षाको उज्यालो हो, 
    तिम्रो आशीर्वादको बल हो ।
    कहिलेकाहीँ त,
     मन यति धेरै थाक्छ कि लाग्छ
    एकपटक मात्रै 
    “छोरि“ भनेर बोलाइदेऊ, 
    म दौडेर तिम्रो काखमा लुकूँ, 
    र मनभरि थुप्रिएका 
    सबै आँसु बगाइदिऊँ ।
    तर नियतिले,
     त्यो काख पनि खोस्यो,
     त्यो स्पर्श पनि खोस्यो, 
    र मेरो जीवनबाट 
    ’आमा’ भन्ने शब्दको 
    जीवित अर्थ नै खोस्यो ।
    मानिसहरू भन्छन्,
    समयले सबै घाउ निको पार्छ । 
    तर उनीहरूलाई कसरी भनूँ, 
    आमाको अभाव घाउ होइन रहेछ 
    यो त सास रहुञ्जेल 
    मनभित्र बलिरहने र
    निभ्न नसक्ने पीडा रहेछ ।
    आज पनि हरेक सफलतामा 
    सबैभन्दा पहिले तिमीलाई खोज्छु, 
    हरेक पीडामा तिम्रो काख सम्झन्छु ।
     किनकि 
    संसारमा धेरै सम्बन्ध भेटिए,
     तर “आमा“भन्ने सम्बन्धको 
    कहिल्यै विकल्प हुँदैन रहेछ ।
    जहाँ भए पनि, 
    मेरो लागि मुस्कुराइरहनु है ।
    आमा,
     म त आज पनि तिमीले 
    सिकाएको संस्कार समातेर, 
    तिम्रै आशीर्वाद बोकेर 
    जीवनका कठिन बाटाहरू हिँडिरहेकी छु ।
    आमा,
    यदि स्वर्गसम्म 
    छोरीको पुकार पुग्छ भने, 
    मेरो एउटै प्रार्थना सुनिदेऊ
    अर्को जन्ममा पनि 
    मलाई तिम्रै कोख देऊ ।
    किनकि,आमा
    यो जन्मले एउटा कुरा राम्ररी सिकायो
     आमा गुमाउनु भनेको 
    मानिसको जीवनबाट 
    आधा संसार हराउनु रहेछ ।
    मुटु चुँडिनु र 
    चाडबाड जिउँदै मर्नु रहेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij