२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त

प्रेरणाका पात्र प्रशान्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधनले संसारभरका नेपालभाषी फ्यानलाई स्तब्ध बनाएको छ । सुरिलो स्वरका प्रिय गायक प्रशान्त तामाङको आइतबार बिहान ह्दयघातबाट निधन भयो । अब उनी आफ्ना करोडौं फ्यानका सामु कहिल्यै फर्कने छैनन् । ४२ वर्षीय प्रशान्तको निधनले नेपाली भाषीलाई स्तब्ध बनाउनुको कारण हो, नेपाली गीत र संगीतमार्फत् उनले पु¥याएको योगदान । उनको निधनले दार्जिलिङसहित संसारभर छरिएका नेपालीभाषीलाई निराश बनाएको छ । अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली  फर्किएलगत्तै उनलाई हृदयघात भएको थियो । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका  प्रशान्त संघर्ष र मिहिनेतबाट उदाएका प्रतिभावान व्यक्ति हुन् । सानै उमेरमा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हालेका उनी अरूका लागि पनि प्रेरणाका पात्र हुन् ।


    परिवारको जिम्मेवारीको भारीलाई जुरूक्क उठाउन उनी कोलकाता प्रहरीमा कन्स्टेबलको रूपमा भर्ती भए । प्रहरी ब्याण्डमा गीत गाउँदा गाउँदै उनी आफैँलाई सांगीतिक यात्रातर्फ डो¥याउन थाले । जब  ड्युटी सकिन्थ्यो ।  बेलुका ब्याण्डको अभ्यास, सानो कक्षमा गीत रेकर्डिङमा व्यस्त हुन्थे । गीत संगीतप्रतिको लगाबले उनलाई सक्षम गायकको पहिचान दियो । र, आज नेपालीभाषी समुदाय उनको सम्झनामा रोएको छ । श्रद्धाञ्जली दिएको छ । मान्छेको जन्म संयोग हो, मृत्यु निश्चित छ । जन्मेपछि मृत्यु निश्चित भए पनि कहिले भन्ने ठ्याक्कै थाहा हुन्थ्यो भने मान्छेको जीवन गतिशील बन्न सम्भव थिएन् । अनिश्चित समयरेखामा हिंड्दै गर्दा कहाँ गएर मान्छेको जीवन बिराम लाग्छ, थाहा नहुँदो रहेछ । त्यस्तै भयो प्रशान्तको जीवनमा ।


    सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि प्रशान्तको जीवनले निर्णायक मोड लिएको हो । स्टेजमा गाउन उभिँदा उनी एक्ला थिएनन् । करोडौं नेपालीभाषी फ्यान उनको साथमा उभिए । प्रतियोगितामा दर्शकको माया र निर्णायकको प्रशंसाले अन्ततः उनले उपाधि जिते । त्यस दिन उनी गाइरहेका थिए,‘गोर्खालीको छोरो हुँ म, गोर्खे मेरो नाम ।’ उनको यही भावनाले नै हो उनीप्रति नेपालीको माया र स्नेह । भूगोल फरक भए पनि भाषाकै कारण हो, उनलाई नेपालसँग जोडेको । भूगोल फरक भए पनि भाषाले उनलाई नेपालसँग कहिल्यै नमेटिने ढंगले जोड्यो । पहिले इण्डियन आइडल भएपछि उनलाई जति माया दिए त्यत्तिकै अहिले उनको निधनमा नेपाली दुःखी भए । उनको भौतिक अवसान भए पनि नेपाली कला संस्कृति प्रवर्धन र नेपाली भाषी समुदायलाई जोड्न उनले खेलेको भूमिका अतुलनीय छ । नेपाली भाषा र संस्कृति प्रवर्धनमा उनले खेलेको भूमिका हामी सम्झिरहने छौँ । नेपालीको मन–मनमा रहने छौँ । तिमी अजर अमर रहने छौँ । हार्दिक श्रद्धाञ्जली प्रशान्त ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij