२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • तुल्सीराम पाण्डे

    वि.स. २०१६ सालमा विदेशी गैह्र सरकारी संस्थाहरुले नेपालमा परिवार नियोजन योजना ल्याए । त्यसपछि फाटफुट रुपमा शहरमा बस्ने केही शिक्षित र आधुनिक साँेच भएका मानिसहरुले परिवार नियोजन गर्न थाले । ०४० साल पछि धेरै प्रचार प्रसार बढेको हुनाले सबैले जानकारी पाए । तत्कालिन रुपमा राम्रा र नराम्रा पक्षहरुमा छलफल भयो । दीर्घकालिन रुपमा पर्ने प्रभावको बारेमा कतै पनि छलफल भएन ।


    त्यस समयमा चर्चा भएका नराम्रा पक्षहरुमा नशबन्दी गर्नु भनेको खसी पर्नु हो । खसी परेपछि पण्डितले  पूजापाठ गराउनु हुँदैन । किरिया गर्न, तिथि श्राद्घ गर्न, रुद्री सप्ताहा गर्न र अरु धर्म र कर्ममा सहभागी हुन हुँदैन । खसीले गरेको कर्मको फल मिल्दैन भन्दथे । अरु पक्षहरुमा एउटा छोरा पाएर नशबन्दी गर्दा दैव सम्योग परेमा अपुताली पर्न सक्न्ने । यौन क्रिया गर्दा आनन्द नआउने । श्रीमानले नशबन्दी गरेमा श्रीमती पोइला जाने । सन्तुष्टी नभएमा पर पुरुषसँग लाग्ने । श्रीमतीले गरेमा शरीर कमजोर हुने । घरको काम गर्न कठीन हुने ।  


     राम्रा पक्षहरुमा दुईमात्र सन्तान इश्वरका वरदान । हामी दुई हाम्रा दुई, सानो परिवार सुखी परीवार, धेरै सन्तान गरिबिको बाटो थोरै  सन्तान सम्पनताको बाटो, धेरै सन्तान रोगी सन्तान । थोरै सन्तान स्वस्थ सन्तान । जस्ता धेरै कुरामा प्रचार प्रसार भयो । केही उखान र ठट्यौली समेत बने । भाग्यमानिको भँसी वर्षाैैंटे, अभागिको स्वास्नी वर्षौंटे । दुईमात्र सन्तान इश्वरका वरदान, धेरै सन्तान आफ्नै वरदान । एउटो छोरो, एकमानो खर्च । 


    ०४० सालपछि फाटफुट रुपमा परिवार नियोजन गर्नेहरु बढ्न थाले । त्यस बेलासम्म धर्म र परम्पराको प्रभाव रहेको हुनाले ०४५÷०४६ सालसम्म ९-१० वटी छोरी पाएपछि छोरा पाउने आशामा केही मानिसले दोस्रो र तेस्रो विवाह समेत गरे । एउटा छोरो पाएपछि नशबन्दी गरे । सुरुमै छोरा पाउनेले ४ वटासम्म पाए । छोरी पाउनेले छोरालाई कुर्दा ८-९ वटासम्म छोरी पाए । एउटा वा २ वटा छोरा जन्मेपछि नशबन्दी गरे । 


    २०४५ सालपछि शहरमा लुकिछिपी गर्भपतन गर्ने चलन आयो । नशबन्दी गर्न गएकी महिला गर्भवती परेमा अस्पतालमा वा परिवार नियोजनको शिविरमा र्ने गर्भपतन गरिदिएर नशबन्दी गराए । स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरुमा समेत परिवार नियोजन गर्न मानिसहरु लगेमा प्रति व्यक्ति भत्ता दिइन्थ्यो । ०४४-०४५ सालमा  परिविार नियोजन गर्ने महिलाले रु १०० पाउँथे भने नर्सहरुले कम्तिमा प्रति व्यक्ति रु ५० पाउँथे । नर्सको भत्ता हाकीमको र संस्थाको तजबिजअनुसार धेरै वा थोरै हुन्थ्यो जन्मेका सन्तानहरु हुर्कदै गए । छलफल चल्दै गयो । प्रभाव बढ्दै गयो । ०५०-०५२ सालपछि शहरमा गर्भको लिँङ्ग परीक्षण गर्ने चलन आयो । त्यस प्रविधिले गर्दा व्यापक  रुपमा छोरीको भ्रुण हत्या भयो । ०५९ सालमा गर्भ पतनले कानुनी मान्यता पायो । परिवार नियोजनको बहश चलाउँदा सुरुमा नै छोरा मान्छेले आत्म निर्भर बनेर ३५ वर्षमा र छोरी मान्छेले २५ वर्षमा विवाह गर्ने र ५ वर्षको फरकमा मात्र सन्तान जन्माउने कुरा चल्यो । त्यसो गरेमा नशवन्दी गर्नु पर्दैन भन्थे । रेडियोमा पनि “दोस्रो बच्चा कहिले, पहिलो स्कुल जान्छ जहिले” भन्ने गीत आउँथ्यो ।


    जन्म दरमा फरक परेपछि हाम्रो सामाजिक संरचना, व्यक्तिको बानि र व्यवहारमा  फरक आउन थाल्यो । पहिले आफ्ना सन्तानलाई जनतन हुर्काएर हात खुट्टो लाइदिएपछि आफ्नो भाग्य खाने हो । अरुको रिस गर्न हँुदैन । चर्खा घुमे जस्तै भाग्य पनि घुम्छ भन्दथे । सबै मानिसहरु आफ्नो हैसियत अनुसार व्यवहार चलाउँथे । सन्तानहरुले पनि आफ्नो कर्तव्य निभाउँथे । मान्यजनहरुको इज्जत गर्थे । 


    ०५० सालपछि छोरा मान्छेहरु धन कमाउन विदेश जान थालेपछि जन्मदरमा स्वत कमी आयो । परिवार नियोजनको प्रभाव विवाहमा पर्न थाल्यो । ०५० सालदेखि ०७० सालसम्म छोरीहरु धेरै हुर्केको र बहुविवाह गर्न नपाइने हुनाले केटा खोज्न मुस्किल भयो । स्नातक पढ्दै गरेका कन्याहरु एस.एल.सी. फेल भएका अरबी लाहुरेलाई समेत दिए । छोराहरुले कमाउनु पर्ने हुनाले पढ्न पाएनन् । गाउँहरुमा उच्च मा. वि. बनेपछि हुर्केका छोरीहरुले घरैबाट हिँडेर बाहृ कक्षा पास गरे । बीस वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्नुपर्छ भन्ने चेतना फैलिएकाले बाहृ कक्षा पास हुनेहरु सबै क्याम्पसमा भर्ना भए । विवाह भएपछि थोरैले मात्र पढाइ पुरा गरे र धेरैले पढ्न छोडे । 


    ०७०÷०७२ सालपछि सबैको हातमा मोबाइल आएपछि व्यापक  रुपमा प्रेम गर्ने चलन आयो । केटीले केटा रोजेर बस्ने र परिवारले दिएको ठाउँमा विवाह गर्न नमान्ने गर्न थाले । परिवार नियोजन र गर्भ पतनले गर्दा ०७०-०७२ सालपछि विवाह योग्य कन्या पाउन मुश्किल भएको छ । अभिभावकले पैसा खर्च गरेर भाग्य बनाइ दिनुपर्दछ भन्ने सोँचको विकास भएको छ र केही रोजगार पाएका कन्याहरुले स्वतन्त्रता र आत्मनिर्भरताको ढोङ्मा बुढी कन्या बस्न चाहन्छन् । 


    त्यस्ता कन्याहरुले ३५ वर्ष काटेर माइतमा बस्दा भाउजू बुहारीले हेप्न थालेपछि र सँगी दमालीले छोराछोरी डो¥याउँदै श्रीमानसँग हिँडेको देख्दा बल्ल झसङ्ग भएर विवाह गरेका छन् । बुढी कन्याहरुले श्रीमती बितेका, सम्बन्धविच्छेद भएका, छोरा बुहारी विदेशमा भएका पुरुषसँग विवाह गर्ने गरेका छन् । पे्रम सम्बन्ध नभएका केटाहरुको असल व्यक्तित्व र प्रशस्त धन भए पनि कन्या पाउँन साह्रै मुश्किल भएको छ ।


    ०७० सालपछि फाटफुट रुपमा एउटा सन्तानमा चित्त बुझाएर बस्ने चलन आएको छ । धेरैको भनाइमा अहिलेको ठूलो खर्चले गर्दा त्यसो गरेको बताउँछ । ३ वटा सन्तान हुनेलाई धेरै जन्माएको भन्दछन् । ०७५-०७६ सालपछि पुरानो समाजिक संरचना व्यापक रुपमा फेरिएको छ । बच्चाहरुले धेरै सुसार पाएको हुनाले मोटोपन बढेको छ । घरको सामान्य काम गर्न पनि जान्दैनन् । पढाइमा र मोबाइलमा व्यस्त रहनाले मान्यजनको र आफन्तको इज्जत गर्दैनन् । 


    ०८०-०८१ सालसम्म आइपुग्दा ३÷४ वर्षसम्म कन्या खोज्दा नपाएर विवाह नभएका ३० वर्ष काटेका वरहरु प्रशस्त भेटिन्छन् । २५ वर्ष काटेका कन्याहरु विवाह गरेर अर्को घरमा जाँदा सोही घरको व्यवहारमा ढल्न नसकेको हुनाले कलह र सम्बन्धविच्छेद बढेको छ । प्राकृतिक रुपमा गर्भ बस्न समेत गाह्रो भएको छ । पहिले छोरा जन्मेमा २ वटा पाउने । छोरी जन्मेमा दोस्रो तेस्रो छोरी जन्मन नपाउने । केही जोडीहरुले एउटा सन्तानमा चित्त बुझाएर बस्न थालेका छन् । सबैले छोराको चाहना राख्दा अब हुर्कने सन्तानको विवाह कसरी होला ।


    समाज र धर्म जोडिएको हुनाले जन्मदरको प्रभाव धर्ममा पनि परेको छ । कसैले दुर्गा पूजा गरेर कन्याको पूजा गर्न ९ वर्ष मुनिका कन्याहरु खोज्दा गाउँमा नपुगेर अर्को गाउँबाट ल्याउनु परेको छ । केही ढाँेगीहरुले आफ्ना कन्याहरु गर्भमा मार्ने र पूजा गर्ने भनेर अरुको घरमा कन्या खोज्दै जान्छन् । एउटा मात्र छोरो भएमा योगी र सन्यासी लोप हुन सक्छन् । एउटा छोरो सन्यासी भएमा पितृहरु भोकै पर्छन् ।

    एउटा छोरो एकमानो खर्च भनेको पाहुनालाई खान दिए आफू भोकै, आफूले खाए पाहुनाभोकै भने जस्तै घर कुरेर बसेमा केही गर्न नसकेको हुने । छोरो विदेश गएको समयमा मोरु परेमा लास कुरेर बस्नु पर्ने र समयमा छोरो आउन नपाएमा अरुले किरिया गर्नुपर्ने भएको छ । छोरो नै मरेमा अपुताली पर्ने । ढिलो विवाह गर्ने र कमाउन विदेश जानाले जनसंख्या घट्ने । सन्तानहरुले कर्तव्य बोध र अनुशासनको शिक्षा नपाउनाले बुढाबुढी भएपछि सन्तानले हेप्ने गरेका छन् । 
    अहिलेको समस्यालाई फुकाउन नयाँ बहस चलाउनुपर्ने देखिन्छ । केटाकेटीले १६ वर्ष पुगेपछि विवाह गर्न पाउनु पर्ने । बुढी कन्या बस्न नपाइने । लमीले र पुरेतले समेत परिवार नियोजन र गर्भ पतन नगर्ने प्रतिबद्घता गराएर मात्र विवाह गरिदिने गरेमा आउने पुस्ताको लागि विवाहमा सजिलो हँुदै जाला ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij