२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • लामो खडेरीपछि दुई दिनदेखि वर्षा भइरहेको छ । बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । वर्षाले कतै ठूलो क्षति नभए पनि सम्भावित जोखिम न्यूनीकरणका लागि सर्तकता आवश्यक छ । विपद््को पूर्वतयारीका कार्यमा ध्यान दिन सके क्षति न्यूनीकरण गर्न सकिन्छ । 


    विपद् व्यवस्थापनमा पूर्व तयारी र कार्य तथा विपद्पछिको उद्दार र राहतमा सरकारको ध्यान जानुपर्छ । गत वर्ष विपद व्यवस्थापनमा चुक्दा ठूलो जनधनको क्षति भयो । यो वर्ष रसुवामा आएको बाढीको उद्दारमा सर्तकता अपनाउँदा नागरिकले राज्यको अनुभूति गर्न पाए । विपद्को पूर्व तयारी र प्रतिकार्यमा अझै पनि हामी कमजोर छौँ । उद्दार र राहतका लागि जति सक्रियता छ, विपद् रोक्नका लागि पहलकदमी कमजोर छ । विपद् रोक्न सक्रियता कमजोर हुँदा ठूलो जनधनको क्षति भएको पाठ सिक्न राज्य चुकिरहेको छ ।


    यो वर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश ग¥यो । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै मनसुन भित्रिएको थियो  । त्यसैगरी यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । सरदरभन्दा बढी वर्षा हुने दर ३५ देखि ६५ प्रतिशत रहेकोले विपद पूर्व तयारी तथा प्रति कार्यका लागि सहज भएको छ । गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले ४५ देखि ६५ प्रतिशत बढी वर्षा हुने आकलन गरेको थियो । अझै दिन र ठाउँ नै तोकेर वर्षा धेरै हुने प्रक्षेपण गर्दा समेत सरकारले सजगता अपनाउन नसक्दा ठूलो मानवीय र भौतिक क्षति भयो । जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपणअनुसार रात्रि बस सञ्चालन रोक र जोखिमयुक्त सडकमा चुस्त निगरानी राख्ने योजना भए पनि कार्यान्वयनमा ध्यान नदिँदा काठमाडौं जाँदै गरेका गाडी पहिरोमा पर्दा चार दर्जनको ज्यान गयो । सिन्धुपाल्चोक, काभ्रे र काठमाडौंमा पनि बाढी र पहिरोले ठूलो क्षति भयो । गत वर्षको क्षतिले पूर्व तयारी र प्रति कार्य योजना कार्यान्वयन प्राथमिकतामा पर्नुपर्छ भन्ने सन्देश दिएको  छ । यो वर्ष पनि ३५ देखि ६५ प्रतिशत बढी वर्षा हुन्छ भन्ने प्रक्षेपण भएको छ । अझ लुम्बिनी र गण्डकी प्रदेशमा सरदरभन्दा बढी वर्षा ५५ देखि ६५ प्रतिशत हुने प्रक्षेपण भएकाले लुम्बिनी र गण्डकी बढी जोखिममा छन् भन्ने आँकलन गर्न सकिन्छ । 


    मुलुकमा संघीय शासन प्रणाली स्थापना भएपछि तहगत सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयनलाई जोड दिँदै आएका छन् । कार्ययोजनामा तहगत सरकारले गर्नुपर्नेकाम, समन्वय र सहकार्य प्रष्ट उल्लेख भए पनि कार्यान्वयन फितलो हुँदा जोखिम न्यूनीकरण हुन सकिरहेको छैन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएर पहलकदमी लिएका छन् । विपद् रोक्न र भइहाले क्षति न्यूनीकरण गर्न सरोकारवाला सरकारी निकायबिच समन्वय गरी अघि बढ्ने हो भने विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij