२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ

कोदो उत्पादन बढाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • भन्सार विभागको तथ्याङ्कअनुसार, गत वर्ष नेपालमा ८५ करोड रुपियाँको कोदो आयात भयो । कोदोको उत्पादन उल्लेख्य बढ्न नसकेको, तर उपभोग बढिरहेकोले माग धान्न अहिले आयात गर्नुपर्ने बाध्यता छ । कुनै बेला गरिबको खाना भनिने कोदो अहिले शहरका होटल र रेष्टुरेण्टमा कोदोका परिकार खानेको संख्या बढ्दो छ ।


    कृषि मन्त्रालयका अनुसार, नेपालमा दुई लाख ७१ हजार हेक्टरमा खेती भइरहेकोमा बढ्दो युवा जनशक्तिको पलायन र बसाईसराइले कोदो खेती गर्ने क्षेत्रफल  हरेक वर्ष  घट्दै गइरहेको छ । यद्यपी उत्पादकत्व  ३ दशमलव शून्य चार बढेर ३ दशमलव तीन  टन प्रतिहेक्टर पुगेको छ  । अनुसन्धान गर्ने निकायले धेरै उत्पादन दिने पाँच वटाभन्दा बढी रोगप्रतिरोधी जातको विकास गरेर किसानलाई कोदो खेती गर्नका लागि प्रेरित गरेकाले उत्पादकत्व केही बढेको देखिन्छ । 


    एक पोषणयुक्त र रोगप्रतिरोधी अन्न कोदो जलवायु अनुकुलित बाली पनि हो । सुख्खा र अल्प वर्षा हुने तथा उर्भराशक्ति कम भएको जग्गामा यो बालीको खेती गर्न सकिन्छ । नेपालको मध्यपहाडी जिल्लामा कोदो उत्पादन गर्न सकिन्छ । गण्डकी र लुम्बिनीका पहाडी जिल्लामा कोदो खेती राम्रो हुँदै आएको छ । कोदोमा ११ प्रतिशत प्रोटिन पाइन्छ, जुन चामलमा भन्दा तीन गुणा हो । फाइबर, खनिज क्याल्सियम, फलाम, म्याग्नेसियम जस्ता पोषणले भरिपूर्ण कोदोमा मधुमेह नियन्त्रण, मोटोपन घटाउने, घाउ चाँडो निको पार्ने जस्ता गुणहरू  रहेका हुन्छन् । संसारमा सबैभन्दा धेरै कोदो उत्पादन गर्ने मुलुक भारत हो । यस हिसाबले नेपाल १३औँ स्थानमा पर्छ । वार्षिक १७ मिलियन टन कोदो उत्पादन गर्ने भारतले विश्वव्यापी रूपमा कुल क्षेत्रफलको ४० र उत्पादनको २० प्रतिशत कोदो उत्पादन गर्ने गर्छ । सन् २०२१ मा भएको संयुक्त राष्ट्रसङ्घको ७५औँ सभाले ‘खाद्य पोषण सुरक्षा वातावरण तथा ग्रामीण रूपान्तरणमा कोदोजन्य बाली’ भन्ने नारासहित सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरेको थियो । नेपालले पनि सन् २०२३ को जनवरी १ तारिखका दिन कोदोजन्य बाली वर्षको शुभारम्भ गरेको थियो ।


    कोदोबारे भइरहेका बहस र पैरवीले अहिले कोदो दिवस मनाउन थालिएको छ । साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाईयो । कोदोको व्यवसायिक खेतीमा आकर्षित गर्न कोदो दिवस केन्द्रित हुनुपर्छ । तर दिवस केबल औपचारिकताका लागि केन्द्रित भए भने मनाउनुको अर्थ हुँदैन । कोदो खेती राम्रो हुने जिल्ला र पालिकामा मिशन र पकेट क्षेत्र कार्यक्रम चलाएर किसानलाई कोदो खेतीमा आकर्षित गर्न सकिन्छ । कोदो खेतीमा किसानलाई आकर्षित गर्न तहगत सरकारबिच समन्वयात्मक ढंगले अघि बढ्न आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij