२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

चुरे दोहनले संकट

चुरे दोहनले संकट

चुरे दोहनले संकट

चुरे दोहनले संकट

चुरे दोहनले संकट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • यतिखेर मधेस चरम संकटमा छ । लामो खडेरीले रोपाइँ हुन सकेको छैन, रोपेको धान सुक्दै छ । त्यति मात्रै होइन्, चापकल सुकेपछि खानेपानीको हाहाकार भएको छ । दमकल र ट्याङकरले खानेपानी वितरण गर्नुपर्ने बाध्यता आएको छ । मधेस प्रदेशमा आएको समस्या सिंगो तराई–मधेसमा पर्ने जोखिम छ ।


    ढुंगागिट्टीको मनपरी उत्खनन् र निकासीको मारमा मधेस परेको छ । चुरे क्षेत्रमा मनपरी भएको दोहनले मधेस मरूभूमि भएको छ । भूमिगत पानीको भण्डार सुक्दा खानेपानीको समस्या भयो । ढुंगागिट्टीको मनपरी उत्खनन् र निकासी हुँदा तराई-मधेसमा मरूभूमिको जोखिम छ भन्ने विषय लामो समयदेखि उठिरहेको छ । मधेस मरूभूमिकरणको दिशातिर गएको अहिले मधेसवासीले भोगे । खानेपानीको अभाव टार्न दमकल र ट्याङकरले पानी बोकेर गाउँ–गाउँ पु¥याएको विषय सामान्य होइन् ।


    पहाडी भू–भागमा भारी वर्षा भएको छ । बाढीपहिरोले विध्वंश मच्चाएको छ । तर मधेस प्रदेशमा सुक्खाग्रस्त भएपछि प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त घोषणा गरेको छ । कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार अहिलेसम्म मधेस प्रदेशमा ३३ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । अन्न भण्डार मधेसमा भएको यो रोपाइँ निराशाजनक हो । सुक्खाग्रस्त हुँदा मधेसमा यसपल्ट धान उत्पादन अपेक्षित हुन नसक्ने आँकलन गरिएको छ । राज्यले सुक्खाग्रस्त क्षेत्रमा धानको वैकल्पिक खेती लगाउन किसानलाई प्रोत्साहन गर्नुपर्छ । धान खेती गर्न सम्भव भएन् भने अरू खेती गर्न सम्भव हुन सक्छ । 


    मधेस प्रदेशको यो कहालीलाग्दो तस्विर सिंगो नेपालका लागि सामुन्ने आएको चुनौती हो । मधेसमा झैं पहाडमा सुक्खा हुँदा खानेपानीको हाहाकार भएका घटना यसअघि आइसकेका छन् । चुरे क्षेत्रमा भइरहेको दोहन र उत्खनन्ले तराईमा समस्या चुलिएका घटना रूपन्देही, कपिलवस्तु र नवलपरासीमा आइसकेका छन् । चापकलमा पानी आउन छाडेको छ । तिनाउ नदी अस्वभाविक गहिँरिदा आसपासको क्षेत्रमा पहिलेदेखि चल्दै आएका चापकल सुकेका छन् । मनपरी दोहनले भूमिगत पानीको सतह घट्दै जाँदा समेत स्थानीय तहलाई राजस्व संकलनको मात्रै चासो छ । भूमिगत पानीको सतह अस्वभाविक ढंगले घट्दै जाँदा बढ्दो जोखिम न्यूनीकरणबारे अहिले नै ध्यान नदिने हो भने विकराल अवस्था सामुन्ने छ ।


    मधेस प्रदेशमा झैं विकराल अवस्था आउन सक्छ भन्ने हेक्का राखेर मनपरी उत्खनन् र निकासी गर्न स्थानीय तहले रोक्नुपर्छ । राजस्व संकलनका लागि मान्छेको जीवन नै संकटमा पार्ने दुष्कर्म रोक्न सक्नुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij