२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • नवलपुर
    नवलपुरका संस्थागत विद्यालयहरुले मनपरी रुपमा बढाएको शुल्क फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ नवलपुरले बुधबार प्याब्सन नवलपुरको जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।


    यहाँका निजी विद्यालयहरुले गत वर्षको तुलनामा १० देखि ३० प्रतिशतसम्म शुल्क वृद्धि गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।


    नवलपुरका निजी विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ नवलपुरले निजी विद्यालयको शुल्क घटाउन माग गरेका हुन् ।


    नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीको नेतृत्वमा गएको टोलीले प्याब्सन नवलपुरका कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
    नेविसंघले निजी तथा संस्थागत विद्यालयले दिनु पर्ने १० प्रतिशत छात्रवृद्धिको पनि दुरुपयोग गरेको समेत आरोप लगाएको छ ।
    त्यसैगरी नेविसंघले विद्यार्थीबाट अनावश्यक शुल्क नलिन, ड्रेस र पुस्तक विद्यार्थीहरुलाई जबरजस्ती बिक्री नगर्न र शुल्क निर्धारणलाई पारदर्शी र नियमसंगत गराउन पनि माग गरेको छ ।


    यहाँ रहेका संस्थागत तथा निजी विद्यालयहरुले अभिभावकसँग शुल्क वृद्धिको निर्णय अनुमोदन गरी शुल्क वृद्धि गर्नु पर्नेमा त्यसो नगरेको पाइएको छ ।


    कानुनतः कुनै पनि निजी तथा संस्थागत विद्यालयले शुल्क वृद्धिको निर्णय अभिभावक भेलाबाट अनुमोदन गरी सम्बन्धित पालिकालाई जानकारी गराएर मात्र लागू गर्नुपर्ने हुन्छ ।


    प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले विद्यार्थीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताए  । प्याब्सन अध्यक्ष अधिकारीले नगरपालिकामार्फत् यस्ता विषयहरु अनुगमन गर्नु पर्नेमा जोड दिए ।  


    नेपाल सरकार, शिक्षा मन्त्रालय तथा स्थानीय तहहरूबाट शुल्क निर्धारण मापदण्ड २०७२ र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरूले शुल्क पारदर्शी र नियमनमा आधारित निर्धारण गर्नुपर्ने प्रावधानहरू अवज्ञा गरेको देखिन्छ, यसरी शुल्क बढाइ विद्यार्थी र अभिभावकहरूलाई आर्थिक शोषण गर्नु पूर्णरूपमा अस्वीकार्य भएको नेविसंघले जनाएको छ ।
    मागहरू तत्काल पूरा नगरिए थप आन्दोलनमा नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij