२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर

दोषीलाई कारबाही गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • राजतन्त्र पुनःस्थापनाको माग राख्दै राजावादी समूहले गरेको प्रदर्शन अराजक र हिंसात्मक भएको छ । उग्र प्रदर्शनकारीले तोडफोड,आगजनी र लुटपाट गरेका छन् । उनीहरुको आगजनीमा परेर एकजना पत्रकारको जलेर ज्यान गएको छ । अर्का एक युवा प्रहरीको गोली लागेर मृत्यु भएको छ । शान्तिपूर्ण आन्दोलन भनिए पनि शुक्रबार सुरुदेखि नै उनीहरुको उग्र प्रदर्शनले सीमा नाघेर तोडफोड, आगजनी र लुटपाटसम्म पुग्यो । यो असामान्य घटनामा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई कमाण्डर तोकेर पूर्व राजा ज्ञानेन्द्र शाहले धमिलो पानीमा माछा मार्ने दाउ चालेका छन् ।


    पूर्व राजा ज्ञानेन्द्रले धेरै पहिलेदेखि चाल्दै आएको रणनीतिलाई अहिले कार्यान्वयन गरेका हुन् । कोभिड महामारीपछिको आर्थिक संकटले समाजमा चरम निराशा बढेका बेला उनले व्यवस्था बदल्ने योजनालाई कार्यान्वयन गर्ने चाल चाले । जसका लागि पञ्चायतकालीन नेता नवराज सुवेदीलाई आन्दोलन परिचालन समितिको संयोजक र विवादास्पद व्यवसायी प्रसाईंलाई फिल्ड कमाण्डर तोकेर जिम्मेवारी दिए । शुक्रबारको तोडफोड, आगजनी र लुटपाटको अघिल्लो साँझ निर्मल निवासमा उनीहरुलाई भेटेर ज्ञानेन्द्र शाहले निर्देशन दिएकाले यो वितण्डामा प्रमुख दोषी उनी समेत हुन् । सरकारले फौजदारी अभियोगमा यो घटनाको अनुसन्धान अघि बढाएको छ, राजनैतिक आन्दोलनको बहानामा अराजनैतिक गतिविधि गर्नेहरुलाई फौजदारी अभियोगमा अनुसन्धान गर्ने र कानुनको दायरामा ल्याउनु स्वाभाविक छ । राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित केही पक्राउ परिसकेका छन्, प्रसाईं फरार भएका छन् ।


    ड्युटीमा खटेका प्रहरीलाई कुल्चनेगरी गाडी हाकेर प्रसाईंले जुन उदण्ड क्रियाकलाप देखाए, भीडलाई आगजनी र तोडफोडका निम्ति उक्साए । उनको अक्षम्य हर्कत जति निन्दा गरे पनि कमि हुन्छ । औषधि उत्पादन गर्ने कम्पनीमा आगजनी भयो । सञ्चार गृहमा तोडफोड भयो, आगजनीको प्रयास भयो । भाटभटेनीलगायत व्यापारिक प्रतिष्ठानमा लुटपाट भयो । अन्य निजी र व्यापारिक भवनमा आगजनी भयो । रिर्पोटिङमा फिल्डमा खटेका पत्रकारलाई तिनकुनेमा आगलागी भएको भवनको बाहिरबाट चावी लगाइदिएर थुनियो, त्यही एकजना पत्रकार जलेर ज्यान गुमाएको घटना बर्बर र आततायी हो ।


    यो संविधान जनताबाट निर्वाचित संविधानसभाले बनाएको हो । संविधानसभाले बनाएको संविधानप्रति विश्वास र भरोसा हराएको हो भने संवैधानिक प्रक्रियाबाट दुई तिहाइ ल्याएर व्यवस्था परिवर्तन गर्न सकिन्छ । त्यसका लागि उनीहरुले राजनैतिक अभियान सञ्चालन गर्न सक्छन्, तर राजनैतिक अभियानका नाउमा अराजनैतिक, उदण्ड, अराजक र हिंसात्मक गतिविधिले उनीहरुको अभियानलाई बल पु¥याउँदैन्, बरु उनीहरुलाई कानुनको कठघरामा उभ्याउने वातावरण तयार हुन्छ । राजावादीहरुले आफ्नै गतिविधिले कमजोर बन्ने वातावरण बनाउँदैछन् । लोकतन्त्रमा लोकतान्त्रिक विधि, प्रक्रिया र मर्मलाई आत्मसात गर्दा नै राजनैतिक अभियानप्रति नागरिकको भरोसा र विश्वास बढ्ने हो । लोकतान्त्रिक विधिलाई कुल्चने चेष्टा पूर्व राजा ज्ञानेन्द्र शाहले गरे । यो अभियानमा जो जोले कमजोरी गरे, शुक्रबारको घटनाको प्रभावकारी छानबीन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij