२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपल्ट प्रधानमन्त्रीकप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशमा हुनु लुम्बिनी प्रदेशवासीका लागि गौरवको विषय हो । पहिलोपल्ट काठमाडौं बाहिर र सबै खेल लुम्बिनी प्रदेशमा आयोजना गर्न आयोजकको छनौटमा पर्नुले यहाँ खेल पूर्वाधार राम्रो बनेको संकेत हो । यस्ता प्रतियोगिता आयोजना हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा बल पुग्नेछ । राजधानी बाहिर पनि ठूला प्रतियोगिता गर्न संभव छ भन्ने सन्देश यो प्रतियोगिताले दिएको छ ।
    नेपाल खेलकुद पूर्वाधारमा कमजोर भएको टिकाटिप्पणी भइरहेका बेला अहिले पूर्वाधारका केही काम भएका छन् । राज्यले पनि खेलकुद पूर्वाधार निर्माणमा प्राथमिकता दिन थालेको छ । निजी क्षेत्रले पनि खेलकुद पूर्वाधार निर्माणमा चासो दिन थालेको छ ।

    काठमाडौंको कीर्तिपुर क्रिकेट स्टेडियमलाई सुविधासम्पन्न बनाउने गरी काम अघि बढेको छ । रूपन्देहीको तिलोत्तमामा अष्टे«लियमा बस्दै आएका युवाउद्यमी विनोद कुँवरले सुविधासम्पन्न क्रिकेट स्टेडियम बनाइरहेका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालाको  पूर्वाधार विकासमा लगानी बढाएको छ । अहिले लुम्बिनीमा हुने प्रतियोगिता दाङको लमही, भैरहवा र तिलोत्तमाको एक्टाटेक ओभल मैदानमा हुँदैछ । लमही र भैरहवाको मैदान सरकारी हुन् भने तिलोत्तमाको एक्टाटेक ओभल निजी हो ।
    चैत १६ गतेसम्म हुने प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगशालामा सबैभन्दा बढी १७, तिलोत्तमाको एक्टाटेक ओभलमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् । खेलले समाजलाई जोड्छ । प्रतिस्पर्धा, सहमति र सहकार्य हुने भएकाले समाजलाई सकारात्मक लयमा लैजान खेलको महत्पूर्ण भूमिका हुन्छ । फुटबलभन्दा पछिल्लो पल्ट क्रिकेटको बढ्दो क्रेजले नेपालमा क्रिकेटको राम्रो संभावना छ । क्रिकेटका आशालाग्दा खेलाडी मैदानमा आइरहेका छन् । यसले मुलुकको पहिचान र गौरव स्थापित गर्न सघाउ पुग्ने आशा गर्न सकिन्छ ।


    नेपालको पहिचान विश्वको अग्लो चुचुरो सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनीको देश भनेर चिनिन्छ । यी परम्परागत पहिचानका साथै खेलकुदमा पूर्वाधार  विकास गरेर नयाँ प्रतिभावान खेलाडी जन्माउन सके मुलुकको पहिचान खेलकुदबाट पनि हुनसक्छ । क्रिकेट त्यो पहिचान दिने एउटा क्षेत्र हो । क्रिकेटको पूर्वाधार विकासमा निजी क्षेत्रको आगमनले धेरै संभावना खोलेको छ । राज्यले पूर्वाधार विकास राम्रो गर्न नसकिरहेको बेला निजी क्षेत्रको आगमनले राज्यलाई पनि पूर्वाधार विकासमा लगानी बढाउन बल पुगेकोछ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij