२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • युवा–युवतीको प्रेम सम्बन्धलाई लिएर झडप हुँदा नवलपरासी सुस्ता बर्दघाट पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा एकजनाको मृत्यु भएको छ । अन्य डेढ दर्जन घाइते हुनुको साथै प्रहरीको गाडी र स्थानीय एक व्यवसायीको कवाड गोदाममा आगजनी भएको छ । 


    युवा युवतीले प्रेम गरे, विवाह गरे । त्यही विषयमा दुई समुदायबिच द्वन्द्व बढ्यो, झडप भयो । जे नहुनुपर्ने थियो, त्यही भयो । समाजमा सामान्य विषयमा आक्रोश चुलिएर झडप हुने र प्रहरीले बल प्रयोग गर्नुपर्ने स्थिति निम्तिनु सामान्य होइन् । दुई पक्षबिच छलफल गरी समस्या समाधान गर्न सकिने र असमझदारीलाई समझदारीमा ल्याउन सकिने स्थिति हुँदाहुँदै स्थिति झड्कियो ।

    प्रहरीले अश्रुग्याँस र हवाई फायर ग¥यो । सामान्य विवादमा व्यवसायीको कवाड गोदाम र प्रहरी गाडीमा आगजनी गरेर जुन अमर्यादित र अशोभनीय व्यवहार प्रदर्शन गरियो, यो व्यवहार सभ्य समाजका लागि राम्रो होइन । प्रहरीले आगजनी गर्ने चार महिलासहित पाँच जनालाई पक्राउ गरेको छ । गाडीमा आगजनी र प्रहरीलाई ढुङ्गा प्रहार गर्दा समेत प्रहरी संयमित भएको देखिन्छ । बरू गाडीमा आगजनी हुने बित्तिकै पुगेको दमकल र एम्बुलेन्स बाटैबाट फर्केर कमजोरी गरेका छन् । बेलैमा पुगेको भए आगजनीबाट क्षति कम हुन्थ्यो ।


    समाजमा युवायुवतीबिच प्रेम सम्बन्ध भएपछि विवाह हुने विषय आधुनिक समाजका लागि सामान्य हो । युवायुवतीबिचको सम्बन्ध उनीहरुको निजी विषय हो । यही विषयलाई लिएर दुई समुदायबिच द्वन्द्व श्रृजना गर्नु असामान्य हो । यस्तो द्वन्द्वले सामाजिक सद्भाव खल्बलिन्छ ।


    अब खल्बलिएको सामाजिक सद्भावलाई पहिलेकै अवस्थामा ल्याउन पहल हुनुपर्छ । यो कामको नेतृत्व स्थानीय सरकारले गर्न सक्छ । 


    स्थानीय तहका जनप्रतिनिधिले समाजमा भएको असमझदारीलाई समझदारीमा ल्याउन सक्छन् । अहिलेको असमझदारीलाई बेवास्ता गर्दा झनै जोखिम बढ्न सक्छ । सामाजमा शान्ति सुरक्षाको चुनौती बढ्ने हुँदा स्थानीय प्रशासन र  प्रहरीले पनि सहजीकरण गर्न सक्छन् । अब संभावित जोखिमको आँकलन गरी द्वन्द्व व्यवस्थापनमा लाग्न ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij