२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो

जीविकोपार्जनमा सुधारको बाटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • रामग्राम नगरपालिका-१ सहुवाका जीवन पथ्थरकट्टाकोकुनै बेला  राम्रै कमाई थियो । महिनामा ५० हजार रूपैयाँ ढुंगाको सिलौटा बनाएर कमाई हुनु राम्रै थियो । अहिले उनको कमाई घटेको छ । समाजमा जीवनशैलीमा परिवर्तन आएको छ ।  सिटौलाको प्रयोगमा आएको कमीले उनको निर्वाहको माध्यम चुडिन लागेको छ ।
    नदी किनारमा बस्ने बोटे, माझीको जीवनयापन ठिकै थियो । पुलहरु  बनेपछि डुङ्गाबाट मान्छे आवतजावत गर्नुपरेन् । उनीहरुको रोजीरोटी पुलले खोस्यो । नदीमा माछा मारेर जीविका चलेको थियो, नदी खोलामा प्रयाप्त माछा पाइन छाडेपछि उनीहरुको आम्दानीको बाटो बन्द  भयो । अहिले बोटे समुदायको सामाजिक आर्थिक हैसियत कमजोर छ । 


    कुमाल समुदायले राम्रो माटोका भाडाँकुडाँ बनाउँथे । जीवनशैलीमा आएको परिवर्तनले माटोका भाँडा विक्न छाडे । कुनै बेला फस्टाएको उनीहरुको व्यवसाय अहिले नगण्य  छ । 
    यी तीन घटनाले के देखाउँछ भने जीवनयापन गरिरहेको कुनै समुदायको जीवनयापनको माध्यम खोसिएपछि झनै कमजोर बन्दै गएको छ । पत्थरकट्टा समुदायले जान्दै आएको सीपलाई आधुनिकरण गरेर समाजमा प्रयोग गर्न सक्दा राम्रै फाइदा हुन्छ । बोटे समुदायको जीवनयापनको माध्यम खोसिएपछि विकल्प दिने सरकारले हो । राज्यले ती समुदायको आर्थिक सामाजिक स्थिति सुधार्नका लागि जीविकोपार्जनको विकल्प दिनुपर्छ । बाँच्ने माध्यम खोसिएपछि उनीहरुको हैसियत सधैं कमजोर भयो । कुमाल समुदायको अवस्था पनि उस्तै हो ।


    ग्रामीण उद्यमशिलतामा जोडेर जाँदा उनीहरुको जीवनस्तर सुधार गर्न सकिन्छ । कुमाल समुदायलाई माटोका हस्तकलाका सामग्री बनाउन सक्ने बनाएर ती सामग्रीको प्रयोगमा अभियान चलाउनुपर्छ । बोटे समुदायका लागि स्थान विशेषका आधारमा सीपमुलक तालिम दिने र सीप अनुसार स्वरोजगारको बाटो खोल्नुपर्छ । कसैलाई ढाका बुनाई तालिम दिन सकिन्छ । कसैलाई हस्तकलाको सामग्री बनाउने तालिम दिन सकिन्छ ।


    हरेक पालिकाले सिमान्तकृत समुदायलाई माथि उकास्न उनीहरुको रुची अनुसारको तालिम दिनुपर्छ । तालिमपछि सिकेको सीप अनुसार कामको वातावरण पनि सरकारले नै मिलाईदिनुपर्छ । स्वरोजगारका लागि बीउ पूँजी दिएर सहयोग हुनसक्छ । अहिले विभिन्न तालिमका लागि तहगत सरकारले बजेट खर्च गरिरहेका छन् । तर खर्च अनुसार अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन् । तालिम दिएपछि त्यसको प्रतिफल आएन भने तालिमको अर्थ हुन्न । तालिममा सिकेको कुरा व्यवहारमा उतार्न सक्दा उपलब्धी हासिल हुन्छ । 


    गरिब र सिमान्तकृत समुदाय लक्षित कार्यक्रमको नतिजा प्रभावकारी हुन नसक्नुको कारण कार्यक्रम सञ्चालन गर्दा प्रतिफल मुखी ढंगले सञ्चालन नगर्नु हो । व्यक्तिको रूची र तालिम लिएपछि कार्याान्वयन हुन सक्ने र नसक्ने बारेपनि हेक्का राख्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij