२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

खडेरीको चपेटामा पोल्याण्ड

खडेरीको चपेटामा पोल्याण्ड

खडेरीको चपेटामा पोल्याण्ड

खडेरीको चपेटामा पोल्याण्ड

खडेरीको चपेटामा पोल्याण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौँ । पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ । पोल्याण्डको राष्ट्रिय मौसम एजेन्सीका अनुसार देशको सबैभन्दा लामो नदी, भिस्टुला, आइतवार लगभग सुकेको थियो ।

    खडेरीका कारण यस नदीको पानीको सतह कीर्तिमानी न्यून पुगेको छ । यस खोलामा यति कम पानीको सतह कहिल्यै देखिएको थिएन । यस नदीमा पानीको सतह २०१५ भन्दा २५ सेन्टिमिटरले कम भएको रिपोर्टमा उल्लेख छ ।

    यो अघिल्लो रेकर्डभन्दा एक सेन्टिमिटर बढी हो। संस्थानले (एक्स) मा यो सन् २०१५ भन्दा खराब भएको बताएको छ । पानी घट्ने क्रम जारी छ। नदीको पानीको सतह निरन्तर घट्दै गएको छ ।
     पोल्याण्डका अधिकांश नदीहरु सुक्दै गएका छन् ।

    जलविज्ञानी ग्र्जेगोर्ज वालिस्जेस्कीले गत हप्ता रिपोर्ट गपोल्याण्डका अधिकांश नदीहरू सुक्दै जाने बताएका थिर । पोल्याण्डमा सन् २०१५ देखि नै निरन्तर खडेरी परेको छ । यसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताइएको छ । पछिल्ला बर्षहरुमा हिमपात कम हुँदै गएको र जाडो मौसम पनि हल्का बन्दै गएको छ । कम वर्षा र उच्च तापक्रमका कारण पानीको सतह घट्दै गएको छ ।

    विस्तुला नदी एक हजार किलोमिटरभन्दा लामो छ । यो युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा लामो नदी हो । यसले देशलाई दुई भागमा विभाजन गर्छ र बाल्टिक सागरमा झर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij