२०८३, कार्तिक ६ गते

Oct 22 2026

images
images

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र

विमानस्थल सञ्चालनको मार्गचित्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दुईवटा सुखद खबर आएका छन् । एउटा टिकटदेखि इन्धनसम्म सहुलियत दिने र अर्को वैदेशिक रोजगारीको लागि आवश्यक सबैजसो कामहरु अब रूपन्देहीबाटै हुने निर्णय सरकारले गरेको छ । सरकारले गरेका यी दुई निर्णय स्वागतयोग्य हुन् ।


    विमानस्थल सञ्चालनका लागि यी दुई खबरले यहाँका व्यवसायी उत्साहित हुनु स्वभाविकै छ । गौतमबुद्ध विमानस्थलबाट उडान टिकट भए पनि वैदेशिक रोजगारीका लागि जाने युवाले आवश्यक कागजपत्र बनाउन काठमाडौँ जानुपर्ने बाध्यता झेल्दै आएका थिए । अब यहीबाटै सबै काम हुने भएपछि काठमाडौंँ धाउनुपर्नै बाध्यता हट्ने छ । अहिले बुटवलमा श्रम स्वीकृति दिने कार्यालय छ । यही कार्यालयमा थप जनशक्ति व्यवस्थापन गरी कार्यालयको काम विस्तार हुने छ ।  अब वैदेशिक रोजगारीमा जाने युवा स्वास्थ्य परीक्षणको लागि  काठमाडौँ जानुपर्ने बाध्यता हुने छैन । अब स्वास्थ्य परीक्षण, पूर्व प्रस्थान  अभिमुखीकरण तालिमकेन्द्र, सामाजिक सुरक्षा कोष, बिमा, प्रहरीले दिने चारित्रिक प्रमाणपत्रलगायतका काम यहीबाट हुनेछन् । त्यसैगरी, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा विमानस्थल पूर्ण क्षमतामाा सञ्चालनमा ल्याउन हवाइ टिकट, ग्राउण्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।


    विमानस्थल सञ्चालनका लागि सरकारले गरेका यी दुई निर्णय निकै महत्वपूर्ण छन् । अब विमानस्थल व्यवस्थापनको जिम्मेवारी पनि टुंगो लगाउनुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी भ्रमणका बेला भारतसँग सुल्झिन नसकेको हवाई रुटको विषय टुंगोमा पु¥याउन प्राथमिकता दिनुपर्छ । विमानस्थल बनेपछि होटल व्यवसायमा लगानी गरेका यहाँका व्यवसायी अहिले निराश छन् ।

    लगानीको प्रतिफल आउने टुंगो छैन, महँगो बैंक व्याज तिर्न हम्मेहम्मे भएपछि लगानी डुब्ने जोखिमले निराश व्यवसायीलाई उकास्न राज्य सहयोगी बन्नुपर्छ । पछिल्ला केही महिनायता सरकारले चालेका कदमले छिटो विमानस्थल चल्ने वातावरण बन्दैछ । सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्न हुन्न । निर्णय हुने, तर कार्यान्वयनमा ढिलासुस्ती हुने नेपालको प्रशासनिक प्रवृत्ति छ । निर्णय फटाफट भएझैँ कार्यान्वयन पनि उत्तिकै छिटो हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij